बाजुरा। बूढीगंगा नदीमा डुबेर बेपत्ता भएका बूढीगंगा नगरपालिका-२ बस्ने १९ वर्षीय प्रताप थापाको खोजीका लागि सातजना सशस्त्र प्रहरीको विपत् व्यवस्थापन टोली बाजुरा आइपुगेको छ।
बूढीगङ्गा-१, द्वारीस्थित हडहडे खोलाको छेउबाटै नदी तर्न खोज्दा सोमबार बिहान ९ बजेतिर बेपत्ता थापाको अवस्थाबारे कुनै जानकारी नभएपछि आज अपराह्न १ः३० बजे काठमाडौँबाट टोली बाजुरा आइपुगेको प्रमुख प्रहरी नायव उपरीक्षक टङ्कप्रसाद भट्टराईले जानकारी दिए।
मार्तडीबाट करीब १४ किलोमिटर दूरीमा पर्ने घटनास्थल द्वारीमा बेपत्ताको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोली अहिले पनि लागिपरेको छ। रासस
" /> बाजुरा। बूढीगंगा नदीमा डुबेर बेपत्ता भएका बूढीगंगा नगरपालिका-२ बस्ने १९ वर्षीय प्रताप थापाको खोजीका लागि सातजना सशस्त्र प्रहरीको विपत् व्यवस्थापन टोली बाजुरा आइपुगेको छ।बूढीगङ्गा-१, द्वारीस्थित हडहडे खोलाको छेउबाटै नदी तर्न खोज्दा सोमबार बिहान ९ बजेतिर बेपत्ता थापाको अवस्थाबारे कुनै जानकारी नभएपछि आज अपराह्न १ः३० बजे काठमाडौँबाट टोली बाजुरा आइपुगेको प्रमुख प्रहरी नायव उपरीक्षक टङ्कप्रसाद भट्टराईले जानकारी दिए।
मार्तडीबाट करीब १४ किलोमिटर दूरीमा पर्ने घटनास्थल द्वारीमा बेपत्ताको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोली अहिले पनि लागिपरेको छ। रासस
">