बूढीगङ्गा नगरपालिकाको अम्कोट र द्वारीमा नदीले कटान गर्न थालेपछि सडक भासिदै गएको छ। सडक भासिएपछि फाटफुट चल्ने सवारीसाधन समेत ठप्प भएका छन्।
सडकको पानीनाउला, तिपाडा, ओलेनामा माथिबाट पहिरो बग्न थालेकोले छ। मङ्गलबार राति आएको अविरल वर्षाका कारण पानीनाउलामा पहिरो गएपछि आज बिहानबाट यातायातका साधन आशिंक रुपमा चलेका छन्।
पानीनाउलामा आएको पहिरो पन्छ्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले जानकारी दिए। सडक अवरुद्ध बनेपछि खुलाउने प्रयास भइरहेको भए पनि माथिबाट पहिरो खस्ने भएकाले समस्या भएको छ। ठाउँ ठाउँमा पहिरो गएको छ। आवतजावतमा समेत निकै समस्या भएको स्थानीयवासी सुशील थापाले बताए।
रासस
" /> काठमाडौं। अविरल वर्षाका कारण साँफे–मार्तडी राजमार्ग सडकको ठाउँ-ठाउँमा पहिरो आएपछि आज बिहानदेखि आवतजावत बन्द भएको छ। सडकको माथिबाट पहिरो बग्ने र तलबाट भासिन थालेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको हो।

">