काठमाडौं। महानगरीय प्रहरी परिसर काठमाडौंले गैँडाको खाग जस्तो देखिने वस्तुसहित चार जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित् एक क्याफेमा गैँडाको खाग (आखेटोपहार) खरिद बिक्री भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेकामध्ये बुद्धि क्षेत्रीले बोकेको खरानी रंगको झोलाभित्र प्रतिबन्धित गैँडाको खाग जस्तो देखिने वस्तु भेटिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा धादिङ गंगा जमुना गाउँपालिका–४ घर भई ललितपुरको गोदावरी नगरपालिका– २७ टौखेल बस्ने ६० वर्षीय सरोज गुरूङ, सिन्धुलीको दुधौली नगरपालिका–११ घर भई भक्तपुरको नयाँठिमी बस्ने २७ वर्षीय बुद्धि क्षेत्री रहेका छन्।

त्यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ छिन्चु घर भई काठमाडौं महानगरपालिका–९ सिनामंगल बस्ने ३५ वर्षीय पूर्ण परियार र सिन्धुली खुर्कोट घर भई काठमाडौं महानगरपालिका– ९ सिनामंगल डेरा गरी २५ वर्षीया शिखा गिरी बराल रहेका छन्। प्रहरीले बरामद गरिएको वस्तुसहित पक्राउ परेका चारैजनालाई थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय, हात्तीसार, काठमाडौंको जिम्मा लगाएको छ।
" /> काठमाडौं। महानगरीय प्रहरी परिसर काठमाडौंले गैँडाको खाग जस्तो देखिने वस्तुसहित चार जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित् एक क्याफेमा गैँडाको खाग (आखेटोपहार) खरिद बिक्री भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।पक्राउ परेकामध्ये बुद्धि क्षेत्रीले बोकेको खरानी रंगको झोलाभित्र प्रतिबन्धित गैँडाको खाग जस्तो देखिने वस्तु भेटिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा धादिङ गंगा जमुना गाउँपालिका–४ घर भई ललितपुरको गोदावरी नगरपालिका– २७ टौखेल बस्ने ६० वर्षीय सरोज गुरूङ, सिन्धुलीको दुधौली नगरपालिका–११ घर भई भक्तपुरको नयाँठिमी बस्ने २७ वर्षीय बुद्धि क्षेत्री रहेका छन्।

">