डडेलधुरा। बुडर-जोगबुडा सडक खण्डको आलिताल गाउँपालिकाको वाग्खोली खोलामा मोटरेवल पक्की पुलको निर्माण कार्य निर्धारित समयभन्दा एक वर्ष पहिले नै सकिएको छ।
२०७६ असार महीनामा ठेक्का सम्झौता भई २०७८ जेठ महीनामा निर्माणको काम सम्पन्न गर्नुपर्ने जिम्मेवारी पाएको कम्पनी रसुवा कन्ट्रक्सन जेभी जयविष्ण काठमाडौंले एक वर्षअघि काम सकेको डिभिजन सडक कार्यालय कुलपाते डोटीका प्रमुख सुदर्शन कार्कीले बताए।
६२ दशमलब ९५ मिटर लामो सो पुल छ करोड ४२ लाखमा निर्माण भएको हो। ‘प्रिस्टेज’ प्रविधिमा निर्माण भएको पुलको चौडाइ ११ मिटर छ।
पुल निर्माण भएसँगै बुडर-जोगबुडा सडकमा यातायात सञ्चालनका साथै स्थानीयवासीलाई खोला, बाढी आएको समयमा पनि आवतजावतका लागि सहज भएको छ। रासस
" /> डडेलधुरा। बुडर-जोगबुडा सडक खण्डको आलिताल गाउँपालिकाको वाग्खोली खोलामा मोटरेवल पक्की पुलको निर्माण कार्य निर्धारित समयभन्दा एक वर्ष पहिले नै सकिएको छ।२०७६ असार महीनामा ठेक्का सम्झौता भई २०७८ जेठ महीनामा निर्माणको काम सम्पन्न गर्नुपर्ने जिम्मेवारी पाएको कम्पनी रसुवा कन्ट्रक्सन जेभी जयविष्ण काठमाडौंले एक वर्षअघि काम सकेको डिभिजन सडक कार्यालय कुलपाते डोटीका प्रमुख सुदर्शन कार्कीले बताए।

">