काठमाडौं। नेपाल प्रहरीका २७औं प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीसहितका तीनजना नेपाल प्रहरीका उच्च अधिकृतहरूले आजदेखि अवकाश लिदै छन्। ३० वर्षे सेवा अवधिका कारणले आईजीपी ज्ञवालीसहित अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) तारणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्य उपाध्यायले आजदेखि अवकाश पाउन लागेका हुन्।
आजराति १२ बजेपछि उनीहरूको सेवाअवधि सकिने छ। २६औं आईजीपी सर्वेन्द्र खनालले अनिवार्य अवकाश पाएपछि ज्ञवालीलाई सरकारले २८ माघ २०७६ मा नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो।
करीब पाँच महीनाका लागि आईजीपी नियुक्त भएका ज्ञवालीको कार्यकाल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम र नियन्त्रणका लागि भएको लकडाउनमै बितेको छ। ज्ञवालीसहितका तीनजना अधिकृतहरूको प्रहरी प्रधान कार्यालयमा आज बेलुका बिदाई कार्यक्रम राखिएको छ।
सरकारले नियुक्त गरेका २८औं प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह लगाउने कार्यक्रम भोलि राखिएको छ। सरकारले हिजो एआईजी शैलेश थापा क्षेत्रीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरिसकेको छ। उनले भोलिदेखि नै कार्यभार सम्हाल्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ। १९ वैशाख २०४९ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका नवनियुक्त आईजीपी थापाले १८ वैशाख २०७९ गतेसम्म नेतृत्व सम्हाल्नेछन्।
" /> काठमाडौं। नेपाल प्रहरीका २७औं प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीसहितका तीनजना नेपाल प्रहरीका उच्च अधिकृतहरूले आजदेखि अवकाश लिदै छन्। ३० वर्षे सेवा अवधिका कारणले आईजीपी ज्ञवालीसहित अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) तारणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्य उपाध्यायले आजदेखि अवकाश पाउन लागेका हुन्।आजराति १२ बजेपछि उनीहरूको सेवाअवधि सकिने छ। २६औं आईजीपी सर्वेन्द्र खनालले अनिवार्य अवकाश पाएपछि ज्ञवालीलाई सरकारले २८ माघ २०७६ मा नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो।

">