काठमाडौं। मनघरी फाउण्डेसनले जिल्ला अस्पताल डोल्पा र पत्रकार महासंघ डोल्पालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ। फाउण्डेसनको अगुवाइ र पूर्वपर्यटन राज्यमन्त्री धनबहादुर बुढा, पर्यटन व्यवसायी जीतेन्द्र झाँक्रीकोे सहयोगमा डोल्पाका पत्रकार र जिल्ला अस्पतालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो।
फाउण्डेसनले डोल्पामा दोस्रोपटक स्वास्थ्य सामग्री पठाएको हो। जिल्ला अस्पताललाई २२ थान पीपीई, १२ थान फेसल सीट, ५ थान केएन ९ ५ मास्क हस्तान्तरण गरेको हो भने नेपाल पत्रकार महासंघलाई १४ थान प्रेस ज्याकेट, १५ थान स्यानीटाइजर र १५ थान केएन९५ मास्क जिल्ला समन्वय प्रमुख शेरबहादुर बुढा र समाजसेवी लक्ष्मीकान्त उपाध्यायले हस्तान्तरण गराए।
स्वास्थ्य सामग्रीका लागि पूर्वराज्यमन्त्री बुढा, मनघरी फाउण्डेसनका सल्लाहकार तथा वीर अस्पतालका उपनिर्देशक डा. रविन खड्का, पर्यटन व्यवसायी जीतेन्द्र झाँक्री, राष्ट्रिय आविष्कार केन्द्र, प्रारम्भ सामाजिक संस्था र मनघरी फाउण्डेसनका अध्यक्ष भरतबन्धु थापाले सहयोग गरेका हुन्।
" /> काठमाडौं। मनघरी फाउण्डेसनले जिल्ला अस्पताल डोल्पा र पत्रकार महासंघ डोल्पालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ। फाउण्डेसनको अगुवाइ र पूर्वपर्यटन राज्यमन्त्री धनबहादुर बुढा, पर्यटन व्यवसायी जीतेन्द्र झाँक्रीकोे सहयोगमा डोल्पाका पत्रकार र जिल्ला अस्पतालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो।फाउण्डेसनले डोल्पामा दोस्रोपटक स्वास्थ्य सामग्री पठाएको हो। जिल्ला अस्पताललाई २२ थान पीपीई, १२ थान फेसल सीट, ५ थान केएन ९ ५ मास्क हस्तान्तरण गरेको हो भने नेपाल पत्रकार महासंघलाई १४ थान प्रेस ज्याकेट, १५ थान स्यानीटाइजर र १५ थान केएन९५ मास्क जिल्ला समन्वय प्रमुख शेरबहादुर बुढा र समाजसेवी लक्ष्मीकान्त उपाध्यायले हस्तान्तरण गराए।

">