तनहुँ। अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। व्यास नगरपालिका–१० बैरेनीस्थित् मादी नदी किनारमा रातको समयमा नदीजन्य पदार्थ उत्खनन गरी निकासी गर्दै गरेको अवस्थामा प्रहरीले तीन वटा ट्याक्टर नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका ट्याक्टरलाई आवश्यक कारबाहीका लागि नगरपालिकामा पठाइएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए। प्रहरीले अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने सवारीसाधन नियन्त्रणमा लिने कार्यलाई तीव्रता दिएको छ।
प्रहरी नायब उपरीक्षक तिमिल्सिनाका अनुसार विभिन्न स्थानमा अवैधरूपमा भइरहेको प्राकृतिक स्रोत दोहनका लागि विशेष अभियान चलाइएको छ। प्रहरीले पछिल्लो एक साताको अवधिमा जिल्लाका विभिन्न स्थानबाट लुकीछिपी अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गर्दै गरेको अवस्थामा ट्याक्टर नियन्त्रणमा लिएको छ।
व्यास–५ स्थित साँगेखोला बगरबाट एक ट्याक्टर, शुक्लागण्डकी नगरपालिका–२ बाट दुई ट्याक्टर, आँबुखैरेनी गाउँपालिका–१ बाट एक ट्याक्टर र भानु नगरपालिकास्थित् मर्स्याङदी नदीबाट एक ट्याक्टर नियन्त्रणमा लिएर कारबाहीका लागि सम्बन्धित स्थानीय तहमा पठाइएको प्रहरीले जनाएको छ। रासस
" /> तनहुँ। अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। व्यास नगरपालिका–१० बैरेनीस्थित् मादी नदी किनारमा रातको समयमा नदीजन्य पदार्थ उत्खनन गरी निकासी गर्दै गरेको अवस्थामा प्रहरीले तीन वटा ट्याक्टर नियन्त्रणमा लिएको हो।नियन्त्रणमा लिइएका ट्याक्टरलाई आवश्यक कारबाहीका लागि नगरपालिकामा पठाइएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए। प्रहरीले अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने सवारीसाधन नियन्त्रणमा लिने कार्यलाई तीव्रता दिएको छ।

">