कास्की। कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ मा ट्याक्टर दुर्घटना भएर सडकबाट तल खस्दा चालकको मृत्यु भएको छ।
माछापुच्छ्रे बाटुलेथरमा ग१त २२८३ नंको ट्याक्टर खेत जोतेर फर्कने क्रममा अनियन्त्रित भई सडकबाट अन्दाजी पाँच मिटर तल खस्दा चालक सोही ठाउँ निवासी ४५ वर्षीय रामचन्द्र अधिकारीको ट्याक्टरले च्यापेर घाइते भएको र उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरीका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए।
रेग्मीका अनुसार ट्याक्टरमा च्यापिएका अधिकारीको उपचारका लागि मणिपाल अस्पताल पठाएको र उपचारका क्रममा अधिकारीको मृत्यु भएको हो। प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ। रासस
" /> कास्की। कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ मा ट्याक्टर दुर्घटना भएर सडकबाट तल खस्दा चालकको मृत्यु भएको छ।माछापुच्छ्रे बाटुलेथरमा ग१त २२८३ नंको ट्याक्टर खेत जोतेर फर्कने क्रममा अनियन्त्रित भई सडकबाट अन्दाजी पाँच मिटर तल खस्दा चालक सोही ठाउँ निवासी ४५ वर्षीय रामचन्द्र अधिकारीको ट्याक्टरले च्यापेर घाइते भएको र उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरीका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए।
रेग्मीका अनुसार ट्याक्टरमा च्यापिएका अधिकारीको उपचारका लागि मणिपाल अस्पताल पठाएको र उपचारका क्रममा अधिकारीको मृत्यु भएको हो। प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ। रासस
">