जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
<p style="text-align: justify;">पर्सा। जबर्जस्ती करणी मुद्दाका फरार एक प्रतिवादी पक्राउ परेका छन्। </p>
<p style="text-align: justify;">वीरगञ्‍ज महानगरपालिका-१२ का रासमुदिन मियालाई पर्सा प्रहरीले घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो। </p>
<p style="text-align: justify;">उनलाई जबर्जस्ती करणी उद्योग मुद्दामा पर्सा जिल्ला अदालतबाट २९ माघ २०७६ मा वारेण्ट जारी भएको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
