सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको ऐतिहासिक दुगुनागढीको मर्मतकार्य बजेट अभाव र बन्दाबन्दीले काम हुन नसकेपछि अधुरो रहन गएको छ। गत वर्ष माथिल्लो गढीको भित्री भागको मर्मतकार्य पूरा भएको र यस वर्ष बाहिरी भागको पर्खाल लगाउने काम तीन खण्डको एक खण्ड मात्र पूरा भएको उपभोक्ता समितिका अध्यक्ष पासाङवटी शेर्पाले बताए।

आगामी आर्थिक वर्ष २०७७/७८ मा गाउँपालिकाले मर्मतका लागि कुनै बजेट विनियोजन गरेको छैन। अध्यक्ष कोषबाट १० लाखबाट काम शुरू गरिने र आवश्यक बजेटका लागि बागमती प्रदेश सरकार र पुरातत्व विभागलाई अनुरोध गरिने भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए।  माथिल्लो ठूलो र तल्लो सानो गरी दुई उक्त गढी पूरै मर्मत गर्न करीब तीन करोड बजेट आवश्यक पर्ने बताइएको छ। आव २०७५/७६ मा मर्मतका लागि ३० लाख बजेटबाट उपभोक्ता समितिले भित्री भागको मर्मतकार्य सम्पन्न गरेको थियो।

चालू आर्थिक वर्षमा बागमती प्रदेशबाट आउनुपर्ने १० लाख ५० हजार समयमा उपलब्ध हुन नसकेको र चैत ११ गतेदेखि लकडाउन शुरू भएकाले काम हुन सकेन। अध्यक्ष कोषबाट प्राप्त पाँच लाख ५० हजारबाट मात्र मर्मतकार्य भएको अध्यक्ष शेर्पाले बताए। उनका अनुसार गढीको पर्खाल लगाउन सिमेन्ट प्रयोग गर्न मिल्दैन, ढुङ्गा पनि कालो र कडाखाले हुनु पर्दछ। त्यस्तो ढुङ्गा टाढाबाट ल्याउनुपर्ने हुँदा काम सम्पन्न गर्न झण्डै दुई/तीन वर्ष लाग्ने देखिन्छ।

नेपाल–चीनको सिमानामा पर्ने उक्त गढी भोटेकोशी गाउँपालिका–३ को दुगुनामा पर्दछ। करीब २०० रोपनी क्षेत्रमा फैलिएको उक्त गढी समुद्री सतहबाट दुई हजार २०० मिटर उचाइमा पर्दछ भने अरनिको राजमार्गको तातोपानी बजारबाट १० किलोमिटर माथि पर्दछ। उक्त गढी जीर्ण भएपछि बाह्रबिसेस्थित तत्कालीन केवलजङ्ग गुल्मले विसं २०५७ मा मर्मत गरेको थियो। विसं २०७२ को भूकम्पबाट तहसनहस भएपछि गत वर्षदेखि गाउँपालिकाले मर्मतकार्य शुरु गरेको हो।  रासस

" /> सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको ऐतिहासिक दुगुनागढीको मर्मतकार्य बजेट अभाव र बन्दाबन्दीले काम हुन नसकेपछि अधुरो रहन गएको छ। गत वर्ष माथिल्लो गढीको भित्री भागको मर्मतकार्य पूरा भएको र यस वर्ष बाहिरी भागको पर्खाल लगाउने काम तीन खण्डको एक खण्ड मात्र पूरा भएको उपभोक्ता समितिका अध्यक्ष पासाङवटी शेर्पाले बताए।

आगामी आर्थिक वर्ष २०७७/७८ मा गाउँपालिकाले मर्मतका लागि कुनै बजेट विनियोजन गरेको छैन। अध्यक्ष कोषबाट १० लाखबाट काम शुरू गरिने र आवश्यक बजेटका लागि बागमती प्रदेश सरकार र पुरातत्व विभागलाई अनुरोध गरिने भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए।  माथिल्लो ठूलो र तल्लो सानो गरी दुई उक्त गढी पूरै मर्मत गर्न करीब तीन करोड बजेट आवश्यक पर्ने बताइएको छ। आव २०७५/७६ मा मर्मतका लागि ३० लाख बजेटबाट उपभोक्ता समितिले भित्री भागको मर्मतकार्य सम्पन्न गरेको थियो।

चालू आर्थिक वर्षमा बागमती प्रदेशबाट आउनुपर्ने १० लाख ५० हजार समयमा उपलब्ध हुन नसकेको र चैत ११ गतेदेखि लकडाउन शुरू भएकाले काम हुन सकेन। अध्यक्ष कोषबाट प्राप्त पाँच लाख ५० हजारबाट मात्र मर्मतकार्य भएको अध्यक्ष शेर्पाले बताए। उनका अनुसार गढीको पर्खाल लगाउन सिमेन्ट प्रयोग गर्न मिल्दैन, ढुङ्गा पनि कालो र कडाखाले हुनु पर्दछ। त्यस्तो ढुङ्गा टाढाबाट ल्याउनुपर्ने हुँदा काम सम्पन्न गर्न झण्डै दुई/तीन वर्ष लाग्ने देखिन्छ।

नेपाल–चीनको सिमानामा पर्ने उक्त गढी भोटेकोशी गाउँपालिका–३ को दुगुनामा पर्दछ। करीब २०० रोपनी क्षेत्रमा फैलिएको उक्त गढी समुद्री सतहबाट दुई हजार २०० मिटर उचाइमा पर्दछ भने अरनिको राजमार्गको तातोपानी बजारबाट १० किलोमिटर माथि पर्दछ। उक्त गढी जीर्ण भएपछि बाह्रबिसेस्थित तत्कालीन केवलजङ्ग गुल्मले विसं २०५७ मा मर्मत गरेको थियो। विसं २०७२ को भूकम्पबाट तहसनहस भएपछि गत वर्षदेखि गाउँपालिकाले मर्मतकार्य शुरु गरेको हो।  रासस

"> ऐतिहासिक दुगुनागढी बजेट अभावमा अधुरो    : Dekhapadhi
ऐतिहासिक दुगुनागढी बजेट अभावमा अधुरो
सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको ऐतिहासिक दुगुनागढीको मर्मतकार्य बजेट अभाव र बन्दाबन्दीले काम हुन नसकेपछि अधुरो रहन गएको छ। गत वर्ष माथिल्लो गढीको भित्री भागको मर्मतकार्य पूरा भएको र यस वर्ष बाहिरी भागको पर्खाल लगाउने काम तीन खण्डको एक खण्ड मात्र पूरा भएको उपभोक्ता समितिका अध्यक्ष पासाङवटी शेर्पाले बताए।

आगामी आर्थिक वर्ष २०७७/७८ मा गाउँपालिकाले मर्मतका लागि कुनै बजेट विनियोजन गरेको छैन। अध्यक्ष कोषबाट १० लाखबाट काम शुरू गरिने र आवश्यक बजेटका लागि बागमती प्रदेश सरकार र पुरातत्व विभागलाई अनुरोध गरिने भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए।  माथिल्लो ठूलो र तल्लो सानो गरी दुई उक्त गढी पूरै मर्मत गर्न करीब तीन करोड बजेट आवश्यक पर्ने बताइएको छ। आव २०७५/७६ मा मर्मतका लागि ३० लाख बजेटबाट उपभोक्ता समितिले भित्री भागको मर्मतकार्य सम्पन्न गरेको थियो।

चालू आर्थिक वर्षमा बागमती प्रदेशबाट आउनुपर्ने १० लाख ५० हजार समयमा उपलब्ध हुन नसकेको र चैत ११ गतेदेखि लकडाउन शुरू भएकाले काम हुन सकेन। अध्यक्ष कोषबाट प्राप्त पाँच लाख ५० हजारबाट मात्र मर्मतकार्य भएको अध्यक्ष शेर्पाले बताए। उनका अनुसार गढीको पर्खाल लगाउन सिमेन्ट प्रयोग गर्न मिल्दैन, ढुङ्गा पनि कालो र कडाखाले हुनु पर्दछ। त्यस्तो ढुङ्गा टाढाबाट ल्याउनुपर्ने हुँदा काम सम्पन्न गर्न झण्डै दुई/तीन वर्ष लाग्ने देखिन्छ।

नेपाल–चीनको सिमानामा पर्ने उक्त गढी भोटेकोशी गाउँपालिका–३ को दुगुनामा पर्दछ। करीब २०० रोपनी क्षेत्रमा फैलिएको उक्त गढी समुद्री सतहबाट दुई हजार २०० मिटर उचाइमा पर्दछ भने अरनिको राजमार्गको तातोपानी बजारबाट १० किलोमिटर माथि पर्दछ। उक्त गढी जीर्ण भएपछि बाह्रबिसेस्थित तत्कालीन केवलजङ्ग गुल्मले विसं २०५७ मा मर्मत गरेको थियो। विसं २०७२ को भूकम्पबाट तहसनहस भएपछि गत वर्षदेखि गाउँपालिकाले मर्मतकार्य शुरु गरेको हो।  रासस

प्रतिक्रिया दिनुहोस्