काठमाडौं। देशका धेरैजसो स्थानहरूमा आज मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, प्रदेश ५, गण्डकी, बागमती, प्रदेश १ र २ का थोरै स्थानहरूमा भारी वर्षाको अनुमान गरिएको छ।
ती क्षेत्र भएर बहने नदीहरूमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने केही ठाउँमा डुबान समेत हुनसक्ने भएको सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।
मनसुनी वायुको प्रभावले हाल देशभरको मौसममा प्रतिकुल असर परेको महाशाखाले जनाएको छ।
" /> काठमाडौं। देशका धेरैजसो स्थानहरूमा आज मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, प्रदेश ५, गण्डकी, बागमती, प्रदेश १ र २ का थोरै स्थानहरूमा भारी वर्षाको अनुमान गरिएको छ।

">