मंगोलियामा आएको भिषण बाढीमा परेर यहाँका आठ जना नागरिकको ज्यान गएको समाचारमा जनाइएको छ। साथै यहाँ सो बाढीका कारण हजारौँ पशु बगेर मरेका छन्। त्यसैगरी यहाँका हजारौँ व्यक्ति घरबारविहीन भएका छन्।
शुक्रबार र शनिबार मंगोलियाका विभिन्न प्रान्तमा अविरल परेको पानी र त्यसपछि आएको बाढीले आठ जना व्यक्तिको ज्यान गएको र हजारौँ पशु चौपाया पनि त्यसमा परेर मारिएका बताइएको छ।
मंगोलियाको दक्षिणी र पूर्वी प्रान्तहरुमा वर्षा र बाढीले बढी क्षति पुर्याएको बताइएको छ। यी क्षेत्रका कम्तीमा तीनवटा प्रान्तमा कम्तीमा पनि सात हजार पशु चौपाया मारिएका छन्।
ती प्रान्तका दुई हजार ३०० भन्दा बढी घर पनि नष्ट भएका छन्। कतिपय बस्ती नै बाढीले बगाएको बताइएको छ। रासस/सिन्ह्वा
" /> मंगोलियामा आएको भिषण बाढीमा परेर यहाँका आठ जना नागरिकको ज्यान गएको समाचारमा जनाइएको छ। साथै यहाँ सो बाढीका कारण हजारौँ पशु बगेर मरेका छन्। त्यसैगरी यहाँका हजारौँ व्यक्ति घरबारविहीन भएका छन्।शुक्रबार र शनिबार मंगोलियाका विभिन्न प्रान्तमा अविरल परेको पानी र त्यसपछि आएको बाढीले आठ जना व्यक्तिको ज्यान गएको र हजारौँ पशु चौपाया पनि त्यसमा परेर मारिएका बताइएको छ।

">