काठमाडौं। १७ असारमा काठमाडौंको एक निजी अस्पतालमा ८५ वर्षीय वृद्धको मृत्यु भयो।
१८ असारमा उनको कोरोना परीक्षणमा पोजिटिभ रिपोर्ट आयो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षणका लागि १६ असारमै स्वाब संकलन गरेर पठाइएको थियो। तर, रिपोर्ट आउन तीन दिन लाग्यो। रिपोर्ट आउँदासम्म उनको मृत्यु भएको तीन दिन भइसकेको थियो।
जनस्वास्थ्य प्रयोगशालामा दैनिक ७०० देखि १३०० को संख्यामा स्वाब संकलन भइरहेको छ। जबकि पीसीआर परीक्षण भने दैनिक बढीमा एक हजारको संख्यामा छ।
पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा उपत्यकाका पाँचवटाबाहेक बाहिरका २० प्रयोगशालामा तीन हजार १०९ जनाको परीक्षण गरिएको छ। जबकि देशभरका प्रयोगशालामा १० हजारभन्दा बढी स्वाब थन्किएर बसेका छन्।
आज ६७९ जनाको मात्र परीक्षण गरियो। जसमा सातजना पोजिटिभ देखिए। बाँकी रहेका स्वाव भने एक साताभन्दा बढी समयदेखि थन्किएर बसेका छन्।
काठमाडौं उपत्यकामा रहेका पाँचवटा प्रयोगशालाबाट १६१२ जनाको पीसीआर परीक्षण गरिएको छ। जसमा ९८ जनामा कोरोना पोजिटिभ देखियो।

स्वाब संकलनको दायरा बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी प्रयोगशालालाई परीक्षण गर्ने अनुमति दिएको थियो। जसका लागि काठमाडौंका तीनवटा निजी प्रयोगशालाले अनुमति पाएको एक साताभन्दा बढी भयो।
ललितपुरमा रहेको स्टार हस्पिटलले १४ असारमा पीसीआर परीक्षणका लागि अनुमति पाएको थियो। तर, अहिलेसम्म परीक्षण गर्न पाएको छैन।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रूना झाले नमुना थोरै भएकाले तत्काल निजीमा पठाउन नसकिएको बताइन्।
ल्याब स्थापना गर्न अस्पतालले पीसीआर मेसिन, दक्ष जनशक्ति, भौतिक पूर्वाधारलगायतका लागि ८० लाखभन्दा बढी खर्च गरेको छ। तर, परीक्षणका लागि अहिलेसम्म स्वाब नपठाइएको अस्पतालले जनाएको छ।
अस्पतालका प्रबन्ध निर्देशक डा. शैल रूपाखेतीले परीक्षणका लागि सबै तयारी पूरा गरिएको तर, सरकारले स्वाब नदिएको बताए। त्यस्तै काठमाडौं मेडिकल कलेजले पनि अनुमति पाएको छ।
अनुमति पाएपछि अस्पतालले ल्याब स्थापना गरेको छ। अस्पतालले सम्पूर्ण तयारी गरेको तर, सरकारले अहिलेसम्म स्वाब दिने काम नगरेको अस्पतालका प्रवक्ता तथा म्यानेजर दीपक बस्नेतले बताए।
“हामीले अस्पतालले गर्नुपर्ने सबै तयारी पूरा गरिसकेका छौं। लाखौं खर्च गरेर ल्याब तयार पारे पनि अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले स्वाब पठाएको छैन”, प्रवक्ता बस्नेतले भने, “स्वाब पठाएको खण्डमा परीक्षण गर्न तयार छौं।”
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रूना झाले नमुना थोरै भएकाले तत्काल निजीमा पठाउन नसकिएको बताइन्। अहिलेका सरकारी प्रयोगशालामै परीक्षण भइरहेको भन्दै ओभरफ्लो भएपछि मात्र निजीमा पठाइने बताइन्।
“नमुनाहरू एक सातासम्म पनि ल्याबमै थन्किएर बसेका छन्। सरकार भने चाप घटिसक्यो भनेर हास्यास्पद अभिव्यक्ति दिँदै हिँडेको छ।” -जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षित
“अहिले सरकारी प्रयोगशालामै परीक्षणको चाप त्यति धेरे छैन। ओभरफ्लो भएको खण्डमा मात्र निजीमा पठाउँछौं”, डा. झाले भनिन्।
जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितले ओभरफ्लो घट्यो भन्नु हास्यास्पद रहेको बताए। “जति धेरै परीक्षण गरियो, त्यति धेरै संक्रमित बढ्छन्। जुन सरकारलाई मान्य हुँदैन। त्यही भएर परीक्षणको दायरा नै घटाइएको हो”, डा. दीक्षितले भने।
परीक्षणको चाप नै घटेको भए किन निजीलाई अनुमति दिइएको भन्दै उनले सरकारसँग प्रश्न गरेका छन्।
भारत तथा विदेशबाट आउने क्रम अझै जारी रहेको तथा समयमै परीक्षण नहुँदा संक्रमतिको मृत्यु हुने गरेको उनको भनाइ छ। “नमुनाहरू एक सातासम्म पनि ल्याबमै थन्किएर बसेका छन्। सरकार भने चाप घटिसक्यो भनेर हास्यास्पद अभिव्यक्ति दिँदै हिँडेको छ”, डा. दीक्षितले भने।
" /> काठमाडौं। १७ असारमा काठमाडौंको एक निजी अस्पतालमा ८५ वर्षीय वृद्धको मृत्यु भयो।१८ असारमा उनको कोरोना परीक्षणमा पोजिटिभ रिपोर्ट आयो।

">