प्रहरीका अनुसार बर्दिया, सप्तरी, सुनसरी र मकवानपुरमा उनीहरूको मृत्यु भएको हो।
बर्दियाको ठाकुरद्वारा नगरपालिका-८ तितकैया घर भएका २७ वर्षीय देवबहादुर थारूको गेरूवा गाउँपालिका-६ मनाउस्थित कर्णाली नदी तर्ने क्रममा डुबेर सोमबार साँझ मृत्यु भएको छ। ससुरालीबाट घर फर्कने क्रममा पानीमा डुबेर उनको मृत्यु भएको हो।
सप्तरीको कञ्चनरूप नगरपालिका-१० भडहा टोल बस्ने महमद समिन साफीका छोरा ७ वर्षीय महमद जमिनको खोलामा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ। साथीहरूसँग त्रियुगा खोलामा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
यसैगरी सुनसरीको रामधुनी नगरपालिका-७ बस्ने खगेन्द्र राईकी छोरी १७ वर्षीया सिसम राईको सोही ठाउँस्थित जुडितालमा पौडी खेल्ने क्रममा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ।
मकवानपुरको मनहरी गाउँपालिका-६ प्रतापपुर बस्ने ६० वर्षीय पदमबहादुर प्रजाको खोलाले बगाइएर सोमबार दिउँसो मृत्यु भएको छ। घरनजिकै राप्ती खोलाको छेउमा गाईवस्तु चराउन गएकोमा खोलाले बगाएर उनको मृत्यु भएको हो।
घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौं। देशका विभिन्न स्थानमा पानीमा डुबेर चार जनाको मृत्यु भएको छ।प्रहरीका अनुसार बर्दिया, सप्तरी, सुनसरी र मकवानपुरमा उनीहरूको मृत्यु भएको हो।

">