काठमाडौं। भारतमा चर्चित एप टिकटक बन्द भएको केही दिन भयो। हङकङले पनि यसलाई ब्यान्ड गर्यो। अहिले अमेरिकामा पनि यसबारे चर्चा सुरु भएको छ।
विशेषगरी मानिसका व्यक्तिगत सूचना चिनियाँ एप टिकटकले जम्मा पारेको आशंकामा ब्यान्ड गर्न थालिएको हो। तर टिकटकले भारतीय प्रयोगकर्ताको डाटा चिनियाँ कम्पनीसँग सेयर नगरिएको बताउँदै आएको छ। भारतले टिकटकसँगै अन्य ५९ चिनियाँ एप बन्द गरिसकेको छ।
अस्ट्रेलियामा पनि चिनियाँ एपहरू बन्द गर्ने माग बढिरहेको समाचार भारतीय सञ्चारमाध्यमले प्रमुखताका साथ प्रकाशित गरिरहेका छन्। अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले सोमबार राति अबेर टिकटकसमेत चिनियाँ एपबारे विचार गरिरहेको बताएका थिए। भारतमा चिनियाँ एप बन्द भएपछि करिब ६ अर्ब डलर बराबरको नोक्सान भएको बताइएको छ।
टिकटकका सीईओ केभिन मेयरले भारत सरकारलाई पत्र लेख्ने चीन सरकारले कहिल्यै पनि युजर्सको डाटा नमगाएको स्पष्ट पारेका छन्।
उता चीनमा भने टिकटक धेरैअघि ब्यान्ड गरिसकिएको छ। टिकटक एप ‘बाइट डान्स’ कम्पनीको हो, यो चिनियाँ कम्पनी हो। भारत सरकारले यसमा रोक लगाएपछि मेयरले बेइजिङसँग दूरी बढाएको बताइन्छ।
कम्पनीले भारतीय युजर्सको डाटा सिङ्गापुरस्थित सर्भरमा सेभ हुँदै आएको बताएको छ। बाइट डान्सका अनुसार चीनले कहिल्यै डाटा नमाग्नुका साथै आफ्नो कम्पनीले त्यस्तो काम गर्नै नसक्ने स्पष्ट पारेको छ।
कम्पनीले २०१७ मा टिकटक बजारमा ल्याएको थियो। बाइट डान्स २०१२ मा स्थापना भएको कम्पनी हो। (एजेन्सी)