काठमाडौं। खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत क्षेत्रीय आयोजना व्यस्थापन कार्यालय, नेपालगञ्जमा कार्यरत सिनियर डिभिजन इन्जिनियर पूर्णप्रसाद उपाध्यायविरूद्व तीन करोडभन्दा बढी बिगोसहित अख्तियारले मुद्दा दायर गरेको हो।
गैरकानूनी सम्पत्ति आर्जन गरी हैसियतभन्दा बढी अस्वभाविक उच्च जीवनयापन गरिरहेको भन्ने आयोगमा दर्ता हुन आएको उजुरीउपरको अनुसन्धानपछि इन्जिनियर उपाध्यायले अकुत सम्पत्ति आर्जन गरेको पुष्टि भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो।
उनीविरूद्ध अख्तियारले तीन करोड १० लाख २७ हजार १५३ रूपैयाँ बराबरको बिगो राखेर मुद्दा दायर गरिएकोे हो।
सामुदायिक खानेपानी तथा सरसफाइ इकाई कार्यालय डडेल्धुरामा राजपत्र तृतिय श्रेणी इन्जिनियरमा २०६३ पुस ५ मा स्थायी नियुक्ति प्राप्त गरी २०६९ चैत १५ मा सिनियर डिभिजन इन्जिनियर पदमा बढुवापश्चात विभिन्न कार्यालयहरू हुँदै हाल संघीय खानेपानी तथा ढल व्यवस्थापन दरबन्दी भई क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय, नेपालगंजमा कार्यरत रहेको देखिएको अख्तियारले जनाएको छ।
सार्वजनिक सेवामा प्रवेश गरेदेखि २०७७ ज्येष्ठ मसान्तसम्मको अवधिमा उपाध्यायलको एक करोड ९१ लाख १६ हजार २९८ रूपैयाँ मात्रै वैद्य आय देखिएको र सोही अवधिमा उनको कूल पाँच करोड एक लाख ४३ हजार ४५१ रूपैयाँ खर्च तथा लगानी गरेको देखिएको भन्दै बाँकी रकम अवैध आय भएको अख्तियारले जनाएको छ।
अख्तियारले उनकी श्रीमती दुर्गा खनाल रिमाल उपाध्यायलाईसमेत प्रतिवादी कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो।
" /> काठमाडौं। खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत क्षेत्रीय आयोजना व्यस्थापन कार्यालय, नेपालगञ्जमा कार्यरत सिनियर डिभिजन इन्जिनियर पूर्णप्रसाद उपाध्यायविरूद्व तीन करोडभन्दा बढी बिगोसहित अख्तियारले मुद्दा दायर गरेको हो।गैरकानूनी सम्पत्ति आर्जन गरी हैसियतभन्दा बढी अस्वभाविक उच्च जीवनयापन गरिरहेको भन्ने आयोगमा दर्ता हुन आएको उजुरीउपरको अनुसन्धानपछि इन्जिनियर उपाध्यायले अकुत सम्पत्ति आर्जन गरेको पुष्टि भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो।

">