गहुँ भित्र्याउँदै मनाङवासी
मनाङ। पहाडी र तराई क्षेत्रमा वर्षमा तीन/चार खेती गरिन्छ।
मनाङमा भने वर्षमा एकपटक मात्रै खेती गरिन्छ।
अहिले पहाडी र तराईका फाँटमा धमाधम धान रोपाइँ भए पनि हिमाली जिल्ला मनाङमा भने गहुँ र करु थन्काउने समय भएको छ।
विगतमा पर्यटन तथा होटल व्यवसायमा आबद्ध मनाङवासी अहिले कोभिड-१९ को सङ्क्रमण फैलिएसँगै गरिएको बन्दाबन्दीले व्यवसाय बन्द छ।
व्यवसाय नै बन्द भएको समयमा मनाङवासीले खेतीपातीलाई प्राथमिकता दिएका छन्।
जिल्लामै धान खेती नहुने मनाङका मुख्य बालीका रूपमा गहुँ, करु, फापर र आलु रहेका छन्।
वर्षको एकपटक मात्र खेतीपाती गरिने यस जिल्लाका चारवटै गाउँपालिकामा गहुँ, करु झुलिरहेका छन् भने फापर फुलेका छन्।
चैतमा रोपेर असार साउनमा बाली भित्र्याउने गरिन्छ। हिमपात र अत्यधिक चिसोका कारण अरू समयमा यहाँ खेतीपाती हुँदैन।
धानखेती उत्पादन नहुने यहाँ धान, चामल अन्य जिल्लाबाट आयात गर्नुपर्छ।
प्रतिक्रिया दिनुहोस्