सातै प्रदेशका प्रमुख पदमुक्त

" /> सातै प्रदेशका प्रमुख पदमुक्त

"> सरकारले संवैधानिक शक्तिसँग निहुँ खोज्योः कांग्रेस : Dekhapadhi
सरकारले संवैधानिक शक्तिसँग निहुँ खोज्योः कांग्रेस
काठमाडौं। सरकारको सिफारिसमा राष्ट्रपतिले सातै प्रदेशका प्रमुख पदमुक्त गरे लगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ।

कांग्रेस नेता डा. मिनेन्द्र रिजालले देखापढीसँग कुरा गर्दै सरकारले गरेको निर्णय निन्दनीय भएको प्रतिक्रिया दिए। “यो निकै आपत्तिजनक छ, कांग्रेसलाई मान्य हुँदैन”, उनले भने, “यो निर्णयले सरकारलाई भोलिका दिनमा निकै कठिन हुन्छ। ”

उनले संवैधानिक शक्तिसँग निहुँ खोजेर सरकारले संविधान भत्काउने खेल शुरू गरेको आरोप लगाए।

“कुनै प्रदेश प्रमुखले काम कारबाही नराम्रो गरेको भए उनीहरूलाई हटाउनु एउटा विषय हुन्थ्यो होला”, उनले भने, “सातवटै प्रमुखलाई कुनै पार्टीका प्रतिनिधीजस्तो व्यवहार देखाएर हटाउने जुन निर्णय भएको छ, यो त्रुटीपूर्ण कदम हो।”

सरकारले पूर्वाग्रह राखेर हटाउने काम गरेको उनको भनाइ छ। ३ माघ २०७४ मा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले सातै प्रदेशका प्रमुखहरूको नियुक्त गरेको थियो।

आज दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

आजै राष्ट्रपति विद्यादेवी भण्डारीले  संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम सातै प्रदेशका प्रमुखलाई पदमुक्त गरिसकेकी छन्।

पढ्नुहाेस्

सातै प्रदेशका प्रमुख पदमुक्त

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्