काठमाडौं। कोरोना भाइरस महामारीविरुद्ध सबल र सक्षम व्यवस्थापनको माग गर्दै अनशनमा बसेका ईनफ ईज ईनफ अभियानका अनशनकारीले अनसन तोडेका छन्। सरकारबीच १२ बुँदे सहमति गरेपछि आफैंले पानी खाई उनीहरूले आज अनसन तोडेका हुन्।
“सहमति अनुसार अनशनरत ईः र पुकार बमले अनशन बसेको १२ औं दिनमा (आज) अनशन तोड्नु भएको छ”, ईनफ ईज ईनफ अभियानकी एक सदस्य सब्रीना डंगोलले देखापढीलाई बताइन्। ह्याम्स अस्पतालमा उनीहरूले पानी पिएर अनशन तोडेका थिए। पीसीआर परीक्षण बढाउनु पर्ने तथा आरडीटी परिक्षण बन्द गर्नुपर्ने लगायतका १४ बुँदे माग राखेर ईः र बमले अनशन शुरू गरेका थिए। पाटन दरबार स्क्वायरमा १२ दिनअघि खाना र पानीबिना उनीहरूले आमरण अनशन शुरू गरेका थिए।
“धेरैले हामीलाई भने शान्तिपूर्ण दबाबको भाषा यो सरकारले सुन्दैन। तर, पनि हामी शान्तिपूर्ण र अहिंसाको बाटोमा दृढ बस्यौ र आज यो सहमति त्यही बाटो र प्रकृयाबाट पुग्न सकेको कुरामा हामीलाई धेरै खुशी लागेको छ”, ईनफ ईज ईनफले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ।
गत बिहीवार औपचारिक रूपमा स्वास्थ्य मन्त्री समक्ष ईनफ ईज ईनफले आफ्ना मागहरू राखेको थियो। सोही दिन अनशनरतको स्वास्थ्यमा समस्या देखिएपछि पाटन दरबार क्षेत्रबाट धुम्बाराहीस्थित् ह्याम्स अस्पतालमा लगिएको थियो। गत बिहीबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालमा अनशनकारीलाई भेट उनीहरूको माग जायज भएको र माग पूरा गर्ने प्रतिबद्धता जनाएका थिए।
सोमबार स्वास्थ्य मन्त्रालयमा दुई पक्षबीच वार्तामा १२ बुँदे सहमतिमा पुगेको ईनफ ईज ईनफले जनाएको छ। अभियानबाट वार्ता टोलीमा नयनतारा गुरूङ्ग कक्षपति, आलोक सुवेदी, संजय अधिकारी, प्रितम सुवेदी र ब्रबिम कुमार सहभागी भएका थिए। मध्यस्तकर्ताको रूपमा डा. विन्ज्वाला श्रेष्ठ रहेकी थिइन्।
सहमतिपत्रमा अभियानका तर्फबाट अनसनमा बसेका ईः र बमले हस्ताक्षर गरेका छन् भने स्वास्थ्य मन्त्रालयको तर्फबाट डा. रोशन पोखरेल र डा. समिरकुमार अधिकारीले हस्ताक्षर गरेका छन्। ‘क्वारेन्टाइनमा भएकाहरूलाई अनिवार्य पीसीआर विधिद्वारा परीक्षण गर्दा नेगेटिभ नतिजा आएमा मात्र समाजमा पुनस्र्थापना गर्ने गराउने व्यवस्था कार्यविधि र निर्देशिकामा यसै हप्ताभित्र समावेश गर्ने गराउने’ सहमतिको पाँचौ बुँदामा भनिएको छ।
सहमतिको पहिलो बुँदामा विदेशबाट आएका व्यक्तिहरूलाई पाँच दिन क्वारेन्टाइनमा राखेपछि मात्रै परीक्षण गरेर निजहरूको ईच्छा अनुसार होम क्वारेन्टाइनमा वा होटल क्वारेन्टाइनमा वा सार्वजनिक क्वारेन्टाइनमा बस्ने वा राख्ने व्यवस्था गनुपर्ने उल्लेख छ।
यस्तो छ सहमतिपत्र