काठमाडौं। कोरोना भाइरसको महामारीको दोस्रो लहर फैलिनबाट रोक्न अस्ट्रेलियाको सबभन्दा ठूला दुई राज्य भिक्टोरिया र न्यू साउथ वेल्सबीच आवत-जावतमा रोक लगाइने भएको छ।
भिक्टोरियाको राजधानी मेलबर्नमा पछिल्लो दुई हप्तायता संक्रमण तीब्र रूपमा फैलिन थालेपछि देशका सबभन्दा बढी जनसंख्या भएका दुई राज्यको सिमाना बन्द गर्ने निर्णय भएको हो।
पछिल्लो समय अस्ट्रेलियामा सयौं मानिसमा भाइरसको संक्रमण देखिएको थियो। त्यसमध्ये ९५ प्रतिशतभन्दा बढी संक्रमण मेलबर्नमा देखिएको बताइएको छ। कोरोना भाइरसको दोस्रो लहरका रूपमा लिइएको छ।
अस्ट्रेलियाका अन्य राज्यहरूले कोरोना भाइरसको महामारी बढ्न थालेपछि फेब्रुअरीदेखि नै सिमाना बन्द गरेर अन्तरराज्य आवत-जावतमा रोक लगाएका थिए। तर, भिक्टोरिया र न्यू साउथवेल्सले भने एक-अर्काको सिमाना बन्द गरेका थिएनन्।
तर, भोलिबाट न्यू साउथवेल्स र भिक्टोरिया जोड्ने सबै बाटोहरू बन्द गरिने निर्णय भएको छ। भ्रमण गर्नै पर्ने अत्यावश्यक मानिसहरूलाई प्रशासनले पास उपलब्ध गराउनेछ। पास नभएकाले अर्को राज्य जान पाउने छैनन्।
दुई राज्यबीचको सिमाना कहिले खुल्ने भन्ने विषयमा अहिले हुनै निर्णय गरिएको छैन। अस्ट्रेलियामा सबभन्दा बढी जनसंख्या भएका दुई राज्य भएको कारण न्यू साउथवेल्सको राजधानी सिड्नी र भिक्टोरियाको राजधानी मेलबर्नबीच सबभन्दा बढी आवत-जावत हुने गरेको छ।
" /> काठमाडौं। कोरोना भाइरसको महामारीको दोस्रो लहर फैलिनबाट रोक्न अस्ट्रेलियाको सबभन्दा ठूला दुई राज्य भिक्टोरिया र न्यू साउथ वेल्सबीच आवत-जावतमा रोक लगाइने भएको छ।भिक्टोरियाको राजधानी मेलबर्नमा पछिल्लो दुई हप्तायता संक्रमण तीब्र रूपमा फैलिन थालेपछि देशका सबभन्दा बढी जनसंख्या भएका दुई राज्यको सिमाना बन्द गर्ने निर्णय भएको हो।

">