काठमाडौं। रातो मछिन्द्रनाथको रथ निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको छ। १० असारमा शुरू भएको रथ निर्माणको काम ८० प्रतिशत सम्पन्न भएको छ।
२४ असारमा रथारोहण गर्ने कार्यक्रम रहेको यँवाल युवा संयोजक नवीन महर्जनले देखापढीलाई बताए। रथारोहण गर्ने दिन मछिन्द्र बहालमा राखिएको मूर्तिलाई रथमा विराजमान गरिनेछ।
“मुर्तिलाई बाहिर राख्दा असुरक्षित हुन्छ। प्राचिनकालदेखि नै यसको ठूलो महत्व रहेकाले बाहिर राख्न मिल्दैन। हरेक प्रकारले यो मुर्तिलाई बहुमूल्य मानिन्छ”, उनले भने।

कोभिड-१९ महामारीका कारण तत्कालका लागि मछिन्द्रनाथको जात्रा स्थगनमा छ। सरकारले कोरोना भाइरसको महामारी फैलिन नदिने उद्देश्यसहित कुनै पनि किसिमको जात्रा, सभा-सम्मेलन, गोष्ठी गर्न अनुमति दिएको छैन।
तथापि परम्परा धान्नका लागि २५, २६ र २७ असार पछि श्रृंगारको काम शुरु हुनेछ। त्यसपछि नेवार समुदायका बौद्ध धर्मावलम्वीहरुले फुल, झण्डा, सुन, हिरा लगायतका सामग्रीहरु मछिन्द्रनाथलाई चढाउने प्रचलन छ।
१६ वटा लसी जातको काठले रथलाई घेर्ने, टुप्पोमा ब्यामो (गजुर) हाल्न बाँकी र डोरीको पटुका र बेतको पटुका बाँध्ने काम बाँकी छ। यो काम भोलि र पर्सीसम्म सम्पन्न हुने अपेक्षा गरिएको छ।
प्रशासनले जमघटमा रोक लगाए पनि आयोजक तथा आस्था राख्ने समुदायले जात्राको तयारी थालिसकेका छन्। वैशाखमै हुने तय भएको जात्रा लकडाउनका कारण स्थगित भएको थियो। जात्रा नगर्दा देउता रिसाउने विश्वास रहिआएको छ।
रथ निर्माणमा यँवाल परिवारका ४५ देखि ५० जनासम्मका सदस्यहरु खटिएका छन्। रथ यँवाल परिवारका सदस्यहरूले मात्र बनाउने चलन रहँदै आएको छ। झण्डै ७० लाखको लागतमा रथ निर्माणको काम हुँदैछ।
सरकारी नीतिअनुसार तत्कालका लागि मानिसहरुको ठूलो जमघट हुने सबैखाले गतिविधि स्थगनमा छन्। त्यसैले रथ तान्ने तथा जात्रा कसरी सम्पन्न गर्ने भन्ने विषयमा ललितपुर गुठी संस्थानका प्रमुख राजन भुजु र प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टबीच कुराकानी भइरहेको छ।

“गुठी संस्थानका प्रमुखसँग मेरो कुरा भइरहेको छ। अहिलेको जटिल परिस्थितीमा परम्परा धान्ने र संक्रमणबाट ठूलो समुदायलाई जोगाउनुपर्ने जिम्मेवारी छ। तत्कालका लागि मछिन्द्रनाथको जात्रा गर्न नमिल्ने कुरा मैले गुठीलाई भनिसकेको छु,” प्रमूख जिल्ला अधिकारी भट्टले देखापढीसँग भने।
प्रशासनले जमघटमा रोक लगाए पनि आयोजक तथा आस्था राख्ने समुदायले जात्राको तयारी थालिसकेका छन्।
वैशाखमै हुने तय भएको जात्रा लकडाउनका कारण स्थगित भएको थियो। जात्रा नगर्दा देउता रिसाउने विश्वास रहिआएको छ।
" /> काठमाडौं। रातो मछिन्द्रनाथको रथ निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको छ। १० असारमा शुरू भएको रथ निर्माणको काम ८० प्रतिशत सम्पन्न भएको छ।२४ असारमा रथारोहण गर्ने कार्यक्रम रहेको यँवाल युवा संयोजक नवीन महर्जनले देखापढीलाई बताए। रथारोहण गर्ने दिन मछिन्द्र बहालमा राखिएको मूर्तिलाई रथमा विराजमान गरिनेछ।

">