बाजुरा। वर्षायाम शुरू भएसँगै बाढी तथा पहिरोको जोखिम भएकोले यात्रामा सावधानी अपनाउन बाजुरा प्रहरीले अनुरोध गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डीएसपी टंक भट्टराईका अनुसार लगातार पानी परिरहँदा साफे-मार्तडी सडक खण्डको नाउला, ओमकोट , द्वारी लगायतका स्थानहरूमा पहिरो गएर ढुंगाहरू खसेर अवरोध भएको छ।
"बीचबीचको पहिरो हटाउन डोजरहरू परिचालन गरिएको छ। तर पानी परिरहेकाले सावधानी भने अपनाउनै पर्छ", उनले भने।
पहिरो तथा बाढीको जोखिम भएकोले सवारीसाधन वारपार गर्न नसक्ने हुँदा जबरजस्ती यात्रा नगर्न र रोकेर हेरेर मात्र जान अनुरोध गरिएको डीएसपी भट्टराईले बताए।
" /> बाजुरा। वर्षायाम शुरू भएसँगै बाढी तथा पहिरोको जोखिम भएकोले यात्रामा सावधानी अपनाउन बाजुरा प्रहरीले अनुरोध गरेको छ।जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डीएसपी टंक भट्टराईका अनुसार लगातार पानी परिरहँदा साफे-मार्तडी सडक खण्डको नाउला, ओमकोट , द्वारी लगायतका स्थानहरूमा पहिरो गएर ढुंगाहरू खसेर अवरोध भएको छ।

">