सप्तरी। तिलाठी कोइलाडी गाउँपालिकामा ‘अवस्ट्रेक्टिभ, फिस्टुला, सर्भाइकल तथा स्तन क्यान्सरको स्क्रिनिङ’ सम्बन्धी एकदिने अभिमुखीकरण सम्पन्न भएको छ।
गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा प्राथमिक स्वास्थ्य केन्द्र तोपामा आयोजित एकदिने अभिमुखीकरणमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा अन्य महिलाको सहभागिता थियो।
अभिमुखीकरणमा प्राथमिक स्वास्थ्य केन्द्र तोपाका डा. प्रकाश सिंह, जनस्वास्थ्य अधिकृत भूपेन्द्र झा, कल्पना मण्डल र चन्द्रा नेपालीले सहजीकरण गरेका थिए।
शरीरका अन्य हिस्साहरुमा फैलिइसकेपछि मात्र क्यान्सरको लक्षण देखिने भएकाले क्यान्सरको निदानका लागि नियमितरूपमा स्क्रिनिङ आवश्यक रहेको डा. सिंहले बताए। शुरुआती चरणमा उपचार थालियो भने क्यान्सर पूर्णतः निको हुने भएकोले सचेतनातर्फ जोड दिइएको छ।
नेपालमा अझै पनि ९० प्रतिशत क्यान्सर रोगी अन्तिम अवस्थामा मात्र अस्पताल पुग्ने गरेका छन् ।
विश्व स्वास्थ्य सङ्गठनको आँकडाअनुसार महिलामा सबैभन्दा बढी स्तन, कोलोरेक्टल, फोक्सो, श्वासनली र पेटसम्बन्धी क्यान्सर पाइएका छन् । यसैगरी पुरुषमा फोक्सो, श्वासनली, कोलोरेक्टल, पेटसम्बन्धी क्यान्सर बढी हुन्छन्। रासस
" /> सप्तरी। तिलाठी कोइलाडी गाउँपालिकामा ‘अवस्ट्रेक्टिभ, फिस्टुला, सर्भाइकल तथा स्तन क्यान्सरको स्क्रिनिङ’ सम्बन्धी एकदिने अभिमुखीकरण सम्पन्न भएको छ।गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा प्राथमिक स्वास्थ्य केन्द्र तोपामा आयोजित एकदिने अभिमुखीकरणमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा अन्य महिलाको सहभागिता थियो।

">