चलचित्रका लागि अत्यन्त राम्रा सङ्गीत सृजना गर्ने सङ्गीतकारको रुपमा उनी लामो समयदेखि विश्वमै चर्चित थिए।
गुणस्तरीय फिल्महरूका निर्माता रहेका उनलाई सन् २०१६ मा ओस्कार पुरस्कार प्रदान गरिएको थियो। उनले झण्डै ५०० चलचित्रका लागि सङ्गीत सृजना गरेका थिए।
मोरिकनको उपचारकै क्रममा अस्पतालमा निधन भएको चिकित्सकहरूले जानकारी दिएका छन्।
उनले जीवनभरी आत्मसम्मानका साथ जिएको उनका सुभेच्छुक तथा उनलाई नजिकबाट चिन्नेहरूले बताउने गरेका छन् । “उहाँलाई हामीले सधैँ सम्झने छौँ, उहाँ हाम्रो गौरव हो,” इटालीका प्रधानमन्त्री जिसेपे कोन्टेले भनेका छन्।
मोरिकनको निधनप्रति देशवासी र विश्वभरीका सुभेच्छुक तथा चलचित्रकर्मीहरूले दुःख व्यक्त गर्दै उनको योगदान र क्षमताको स्मरण गरेका छन् ।
रासस