दाेलखा। दोलखाको भीमेश्वर नगरपालिकाका विभिन्न क्षेत्रमा बाँदरले किसानलाई दुःख दिन थालेपछि नगरपालिकाले बाँदर धपाउन प्रयोग गरिने यन्त्र वितरण गरेको छ।
नगरपालिकाले ९ वटै वडाका किसानलाई बाँदर धपाउने यन्त्र आज वितरण गरेको हो। किसानहरूले लगाएको बाली खाएर बाँदरले दुःख दिन थालेपछि बाँदर नियन्त्रणका लागि ३० थान बाँदर धपाउने यन्त्र किसानलाई वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले जानकारी दिए।
बाँदरले किसानहरूलाई दुःख दिन थालेपछि नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को बजेटमा बाँदर नियन्त्रणका लागि बजेट विनियोजन गरेको थियो।
पहिलो चरणमा नगरपालिकाले ३० थान बाँदर नियन्त्रयण गर्ने यन्त्र किसानलाई वितरण गरेको र यसको प्रभावकारिताको आधारमा पुनः दोस्रो चरणमा थप वितरण गरिने नगरपालिकाले जनाएको छ। रासस
" /> दाेलखा। दोलखाको भीमेश्वर नगरपालिकाका विभिन्न क्षेत्रमा बाँदरले किसानलाई दुःख दिन थालेपछि नगरपालिकाले बाँदर धपाउन प्रयोग गरिने यन्त्र वितरण गरेको छ।नगरपालिकाले ९ वटै वडाका किसानलाई बाँदर धपाउने यन्त्र आज वितरण गरेको हो। किसानहरूले लगाएको बाली खाएर बाँदरले दुःख दिन थालेपछि बाँदर नियन्त्रणका लागि ३० थान बाँदर धपाउने यन्त्र किसानलाई वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले जानकारी दिए।

">