दिल्लीमा कोरोना सङ्क्रमणमुक्त हुनेको दर ७२ प्रतिशत
काठमाडौं। भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त हुनेको दर ७२ प्रतिशत पुगेको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सङ्क्रमणमुक्त हुनेको सङ्ख्या प्रतिदिन बढ्दै गइरहेको बताए।

“कोरोनाभाइरसबाट सङ्क्रमण भएकाहूको सङ्ख्या दिल्लीभरिमा मात्रै झण्डै एक लाख पुग्न लागेको छ, ती मध्ये झण्डै ७२ हजार सङ्क्रमणमुक्त भइसकेका छन्,” उनले भने।

उनले यसलाई धेरै खुशी र सन्तुष्टिको विषयको रुपमा लिइएको पनि बबताए। नयाँ दिल्लीमा मात्रै अहिले दैनिक २० हजारदेखि २४ हजारसम्म परीक्षण भइरहेको पनि उनले जानकारी दिए।

दिल्लीमा कुल सङ्क्रमितको सङ्ख्या ९९ हजार ४४४ पुगेको अधिकारीहरूले जनाएका छन् । त्यसैगरी दिल्लीमा मात्रै कोरोना भाइरसका कारण अहिलेसम्म तीन हजार ६७ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्