देशको दक्षिणपश्चिमी क्युशु क्षेत्रमा बर्षासँगै आएको बाढीका कारण मृत्यु भएकाहरूको सङ्ख्या बढेर ४४ पुगेको हो। जापानको मौसमसम्वन्धी कार्यालयले देशमा ठूलो बर्षाको पुर्वानुमान गरेको थियो ।
बाढी प्रभावित क्षेत्रमा एक लाख १७ हजार घर परिवारका दुई लाख ५४ हजार वासिन्दा बस्ने गरेको अधिकारीहरूले जनाएका छन् । बाढी र डुवानका कारण अरु १० जना अझै पनि हराइरहेको जनाइएको छ।
बाढीबाट प्रभावित भएकामध्ये एक हजार पाँच सयलाई अस्थायी शरणार्थी शिविरमा राखिएको छ। उनीहरुका लागि ८६ शिविरहरू बनाइएको अधिकारीहरूले जानकारी दिएका छन् ।
बाढी प्रभावित क्षेत्रका भौतिक संरचनाहरू ध्वस्त भएका छन् भने सञ्चार, विद्युत, खानेपानी, सडक लगायतका सञ्जाल तोडिएको छ। घटनामा परेका अरु केहीलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
उद्धारका लागि कुमामोटो क्षेत्रमा हेलिकोप्टर र झण्डै दश हजार सुरक्षाकर्मीहरु परिचालन गरिएको थियो ।बाढीका कारण कुमा नदी वरिपरि रहेका दर्जनौ घर, सवारी साधनलगायतका भौतिक संरचनाहरू क्षतिग्रस्त भएका छन्। अधिकांश घरहरुको छानोसम्म डुबान भएको अधिकारीहरूले जनाएका छन् ।
उद्धारकर्ताहरुले डुवानमा परेको क्षेत्रका बासिन्दालाई घरको छतमा बस्न र उद्धारका लागि खबर गर्न आह्वान गरेका छन्। डुवानमा परेकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको अधिकारीहरूले जानकारी दिएका छन्।
रासस
" /> काठमाडौं। जापानमा आएको बाढीका कारण मृत्यु भएकाहरूको सङ्ख्या ४४ पुगेको छ ।देशको दक्षिणपश्चिमी क्युशु क्षेत्रमा बर्षासँगै आएको बाढीका कारण मृत्यु भएकाहरूको सङ्ख्या बढेर ४४ पुगेको हो। जापानको मौसमसम्वन्धी कार्यालयले देशमा ठूलो बर्षाको पुर्वानुमान गरेको थियो ।

">