प्रमुख जिल्ला अधिकारी उमेसकुमार ढकालले आइतबार पानी परीक्षण उद्घाटन गरेका थिए। मन्त्रीले आइतबार गरेको पत्रकार सम्मेलनमा सिन्धुवासीलाई दिएको अभिव्यक्तिबारे पनि ध्यानाकर्षण भएको जनाइएको छ।
खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले मेलम्चीको पानी काठमाडौं आएको भन्दै मन्त्रालय र खानेपानी विकास समितिलाई मुख्य श्रेय दिएकी थिइन्। मेलम्ची सिन्धुवासीको भएको भन्दै त्यसबारे मन्त्री मगरबाट सम्बोधन गरिनुपर्थ्यो भन्ने उनीहरूको अपेक्षा थियो। मन्त्री मगरले आफ्नो अभिव्यक्ति सच्च्याउनुपर्ने उनीहरूको माग छ। आउँदा दिनमा हुने कुनै पनि महत्वपूर्ण काममा यस्तै व्यवहार गरिए समस्या हुने चेतावनी पनि दिइएको छ।
पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तमाङ, मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल, राप्रपा २ न क्षेत्रीय अध्यक्ष फडिन्द्र दाहाल, हेल्मो सिन्धु सामाजिक उत्थान कार्यक्रमका अध्यक्ष उपेन्द्र तामाङ, उपाध्यक्ष चिरन तामाङ, ईन्द्रवती सरोकार समितिका अध्यक्ष विष्णुमणि आचार्यलगायतले लेबी र स्थानीयको माग पूरा नगरी पानी लगे आन्दोलन गर्ने चेतावनी दिएका थिए।
लेबी, मजदुर, कर्मचारी र सप्लायर्सहरूको समस्या तथा विकास निर्माण सम्बन्धमा तत्काल निर्णय लिन पनि बैठकले ध्यानाकर्षण गरेको छ ।
हेलम्बु गाउँपालिकाकोे घोर आपत्ति
मेलम्चीको पानी सुरुङबाट काठमाडौँमा पठाउनका लागि सरकारले स्थानीय सरकारसँग कुनै समन्वय र सहकार्य नगरेको भन्दै हेलम्बु गाउँपालिकाले त आपत्ति नै जनाएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष निमा ग्याल्जेन शेर्पाले उक्त कार्य अनुचित र गैरजिम्मेवार भएको बताएका छन्। आगामी दिनमा सहयोगका लागि असहज वातावरण सिर्जना गर्न स्थानीय सरकार र स्थानीयवासी बाध्य हुने तथा यसको सम्पूर्ण जिम्मेवारी उक्त आयोजना र सोसँग सम्बन्धित निकायले व्यहोर्नुपर्ने विज्ञप्तिमा ल्लेख छ।
रासस
" /> काठमाडौं। मेलम्ची खानेपानी विकास समिति र खानेपानी मन्त्रालयले आफूहरूलाई जानकारी नै नदिइ पानी पथान्तरण शुरुआत गरेको भन्दै सिन्धुपाल्चोकका जनप्रतिनिधि, स्थानीय तह र सरोकारवाला निकायहरूले दुख व्यक्त गरेका छन्। आज पत्रकार सम्मेलन गरी सरोकारवालासँग कुनै समन्वय नै नगरी मन्त्रालयले गरेको कामप्रति दुःख व्यक्त गरिएको हो।प्रमुख जिल्ला अधिकारी उमेसकुमार ढकालले आइतबार पानी परीक्षण उद्घाटन गरेका थिए। मन्त्रीले आइतबार गरेको पत्रकार सम्मेलनमा सिन्धुवासीलाई दिएको अभिव्यक्तिबारे पनि ध्यानाकर्षण भएको जनाइएको छ।

">