प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईका अनुसार सलहले पुर्याएको क्षति सामान्य छ।
केन्द्रले संकलन गरेको प्रारम्भिक विवरण अनुसार १३ असारदेखि नेपाल पस्न सुरू गरेका सलहको झुण्डले १ हजार ११८ हेक्टर क्षेत्रफलमा क्षति पुर्याएको छ।
धेरै जिल्लामा पुगे पनि सलहले ११ जिल्लाको खेतीबालीमा सामान्य क्षति गरेको हुमागाईले बताए। सलहले ती जिल्लाको मकै, भटमास र तरकारी खेतीमा सामान्य क्षति पुर्याएको हो।
सलहले रुकुम, सल्यान, सुर्खेत, मकवानपुर, सिन्धुली, दाङ, कपिलवस्तुमा मकै र तरकारी बालीमा क्षति गरेका छन्। त्यस्तै रुपन्देही, प्यूठान, अर्घाखाँची, पाल्पा र रोल्पामा लगाइएको खेतीबालीमा पनि सलहले क्षति पुर्याएको छ।
सलहले मकैमा बालीनै नलाग्ने गरी क्षति नपुर्याएको पनि हुमागाईले बताए। तर तरकारी बालीमा गरेको क्षति भने ठूलो भएको हुन सक्ने उनको भनाई छ। जसको समग्र विवरण आउन बाँकी छ।
पछिल्ला दुई दिनयता नेपालमा सलह किराले गरेको क्षतिबारे गुनासो आएको छैन।
सलह कीरा तितर बितर हुने क्रम बढेसँगै र नेपाल आएका सलह मौसमका कारण मर्ने क्रम बढेपछि पछिल्लो समय क्षति हुन नपाएको हो।
कृषि मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले नेपालमा अनुमान गरेअनुसारको क्षति हुन नपाएको बताएका छन्। उनले केही भू-भागमा क्षति गरेपनि त्यो सामान्य प्रकारको भएको पनि बताए।
" /> काठमाडौं। नेपाली कृषि प्राविधिक र कृषि तथा पशुपन्छि विकास मन्त्रालयको अनुमान विपरित सलह नेपाल पसे। सलहका झुण्ड नेपाल पसेनन् मात्र, खेतीबालीमा हमला पनि गरे। सुखद मान्नुपर्छ, सलहको हमलाले खेतीबालीमा ठूलै क्षति भने पुगेन।प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईका अनुसार सलहले पुर्याएको क्षति सामान्य छ।

">