चन्द समूहका पूर्व सेक्रेटरी पक्राउ <p><strong>भोजपुर। </strong>नेत्र विक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका&nbsp;पूर्व जिल्ला सेक्रेटरी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयको टोलीले &nbsp;टेम्केमैयुङ गाउँपालिका&ndash;८ गोगनेको खनियाखर्कबाट मादेन भनिने मोहन राईलाई पक्राउ गरेको हो ।</p> <p>सङ्गठित तथा विष्फोटक पदार्थसम्बन्धी कसुर मुद्दामा संग्लन राई फरार थिए। आइतबार पक्राउ परेका राईलाई प्रहरीले आज सार्वजनिक गरेको हो।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्