काठमाडौं। सरकारी सार्वजनिक जग्गा गैरकानूनी रुपमा व्यक्ति तथा संस्था विशेषको नाममा कायम गरी हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतले पूर्पक्षका लागि थुनामा पठाएका मालपोतका कार्यालयका तत्कालीन कर्मचारी कृष्णप्रसाद पौडेललाई धरौटीमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाट दायर भएको मुद्दामा विशेष अदालतले गत चैत ३ गते पौडेललाई थुनामा राख्न आदेश दिएको थियो। विशेषको आदेशपछि उनी सर्वोच्च गएका थिए।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले पौडेललाई २ लाख धरौटीमा छाड्न आदेश गरेको हो।

सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले धरौटीमा छाड्न आदेश भएको जानकारी दिए।
पौडेलका तर्फबाट बहस गरेका कानुन व्यवसायी रमेश बडालका अनुसार इजलासले उनलाई २ लाख धरौटीमा छाड्न आदेश गरेको हो।

पौडेल अदालतले मागेको धरौटी रकम बुझाउने क्रममा रहेको बडालले जानकारी दिए। उनका अनुसार इजलासले आदेशमा पौडेल निर्णयकर्ता नभई निर्णयको कार्यान्वयन मात्रै गर्ने देखिएको भन्दै धरौटीमा छाड्ने आदेश गरेको हो।

पौडलका तर्फबाट आज ज्ञानेन्द्र पोखरेल, बरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, उपेन्द्रकेसरी न्यौपाने, ललित बस्नेत र रामप्रसाद भण्डारीले बहस गरेका थिए।

" /> काठमाडौं। सरकारी सार्वजनिक जग्गा गैरकानूनी रुपमा व्यक्ति तथा संस्था विशेषको नाममा कायम गरी हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतले पूर्पक्षका लागि थुनामा पठाएका मालपोतका कार्यालयका तत्कालीन कर्मचारी कृष्णप्रसाद पौडेललाई धरौटीमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाट दायर भएको मुद्दामा विशेष अदालतले गत चैत ३ गते पौडेललाई थुनामा राख्न आदेश दिएको थियो। विशेषको आदेशपछि उनी सर्वोच्च गएका थिए।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले पौडेललाई २ लाख धरौटीमा छाड्न आदेश गरेको हो।

सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले धरौटीमा छाड्न आदेश भएको जानकारी दिए।
पौडेलका तर्फबाट बहस गरेका कानुन व्यवसायी रमेश बडालका अनुसार इजलासले उनलाई २ लाख धरौटीमा छाड्न आदेश गरेको हो।

पौडेल अदालतले मागेको धरौटी रकम बुझाउने क्रममा रहेको बडालले जानकारी दिए। उनका अनुसार इजलासले आदेशमा पौडेल निर्णयकर्ता नभई निर्णयको कार्यान्वयन मात्रै गर्ने देखिएको भन्दै धरौटीमा छाड्ने आदेश गरेको हो।

पौडलका तर्फबाट आज ज्ञानेन्द्र पोखरेल, बरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, उपेन्द्रकेसरी न्यौपाने, ललित बस्नेत र रामप्रसाद भण्डारीले बहस गरेका थिए।

"> ललिता निवास जग्गा प्रकरणः थुनामा रहेका कृष्णप्रसाद पौडेललाई २ लाख धरौटीमा छाड्न सर्वोच्चको आदेश: Dekhapadhi
ललिता निवास जग्गा प्रकरणः थुनामा रहेका कृष्णप्रसाद पौडेललाई २ लाख धरौटीमा छाड्न सर्वोच्चको आदेश
काठमाडौं। सरकारी सार्वजनिक जग्गा गैरकानूनी रुपमा व्यक्ति तथा संस्था विशेषको नाममा कायम गरी हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतले पूर्पक्षका लागि थुनामा पठाएका मालपोतका कार्यालयका तत्कालीन कर्मचारी कृष्णप्रसाद पौडेललाई धरौटीमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाट दायर भएको मुद्दामा विशेष अदालतले गत चैत ३ गते पौडेललाई थुनामा राख्न आदेश दिएको थियो। विशेषको आदेशपछि उनी सर्वोच्च गएका थिए।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले पौडेललाई २ लाख धरौटीमा छाड्न आदेश गरेको हो।

सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले धरौटीमा छाड्न आदेश भएको जानकारी दिए।
पौडेलका तर्फबाट बहस गरेका कानुन व्यवसायी रमेश बडालका अनुसार इजलासले उनलाई २ लाख धरौटीमा छाड्न आदेश गरेको हो।

पौडेल अदालतले मागेको धरौटी रकम बुझाउने क्रममा रहेको बडालले जानकारी दिए। उनका अनुसार इजलासले आदेशमा पौडेल निर्णयकर्ता नभई निर्णयको कार्यान्वयन मात्रै गर्ने देखिएको भन्दै धरौटीमा छाड्ने आदेश गरेको हो।

पौडलका तर्फबाट आज ज्ञानेन्द्र पोखरेल, बरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, उपेन्द्रकेसरी न्यौपाने, ललित बस्नेत र रामप्रसाद भण्डारीले बहस गरेका थिए।

प्रतिक्रिया दिनुहोस्