"> उपनिर्वाचनका लागि राप्रपाले उम्मेद्वार टुंग्यायो: Dekhapadhi
उपनिर्वाचनका लागि राप्रपाले उम्मेद्वार टुंग्यायो
काठमाडौं। कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले १४ मंसीरमा हुने उपनिर्वाचनका लागि उम्मेद्वार चयन गरेको छ।

आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उपनिर्वाचनका लागि प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहतर्फका उम्मेद्वारको टुंगो लगाएको हो।

प्रचार विभाग प्रमुख मोहन श्रेष्ठकाअनुसार राप्रपाले प्रतिनिधिसभा अन्तर्गत कास्की क्षेत्र नं. २ मा पार्टीका केन्द्रीय सदस्य रोम बहादुर भण्डारीलाई उम्मेद्वार बनाउने निर्णय भएको छ।

प्रदेशसभा अन्तर्गत दाङ ३ (ख) मा भूपाल रावत र बागलुङ २ (ख) मा गणेश कुँवरलाई उम्मेद्वार बनाउने निर्णय भएको श्रेष्ठले जानकारी दिए। भक्तपुर १ (क) का लागि भने उम्मेदवार चयन गरिएको छैन। भक्तपुरमा यथाशीघ्र उम्मेद्वारको टुंगो लगाइने प्रचार विभाग प्रमुख श्रेष्ठले बताएका छन्।

रिक्त स्थानीय तह अन्तर्गत राप्रपाले नगरपालिकाको मेयर/उपमेयर पदको उम्मेद्वार छनोट गर्न सम्बन्धित प्रदेश कार्य समितिलाई र नगरपालिकाको वडा अध्यक्ष, गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष र वडा अध्यक्षको उम्मेद्वार छनोट गर्न सम्बन्धित जिल्ला कार्य समितिलाई अधिकार दिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्