काठमाडौं। जिल्ला प्रहरी कार्यालय बाराले शिक्षकको हत्यामा संलग्न रहेर फरार रहेका एक मुख्य अभियुक्तलाई ११ वर्षपछि पक्राउ गरेको छ।
बारा जिल्ला अदालतमा मुद्दा मुलतबिमा रही ११ वर्षदेखि फरार रहेका कलैया उपमहानगरपालिका-१८ बस्ने ४४ वर्षीय नन्दु बैठालाई प्रहरीले आज पक्राउ गरेको हो।
गाउँघरमा लुकीछिपि बस्दै आएको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले उनलाई आज पक्राउ गरेको हो।
२०६६ वैशाख १७ गते नेपाल राष्ट्रिय मावि फेटाका शिक्षक प्रदीपकुमार तिमल्सिनालाई विद्यालयबाट घर फर्किने क्रममा बैठासहितको समूहले गोली हानेर हत्या गरेको थियो।
तिलक भनिने नन्दु बैठा, अग्नि भनिने सुनिल जैसवाल, विजय पटेल र रामनारायण सहनी समेतले गोली प्रहार गर्दा निज शिक्षकको घटनास्थनमा नै मृत्यु भएको थियो। कर्तव्य ज्यान मुद्दाका मुख्य अभियुक्त बैठा फरार रहेका थिए।
उक्त घटनामा संलग्न रहेका सुनिल जैसवाललाई २०७० साउन २४ र विजय पटेललाई २०७३ पुस ५ गते पक्राउ परेका थिए।
" /> काठमाडौं। जिल्ला प्रहरी कार्यालय बाराले शिक्षकको हत्यामा संलग्न रहेर फरार रहेका एक मुख्य अभियुक्तलाई ११ वर्षपछि पक्राउ गरेको छ।बारा जिल्ला अदालतमा मुद्दा मुलतबिमा रही ११ वर्षदेखि फरार रहेका कलैया उपमहानगरपालिका-१८ बस्ने ४४ वर्षीय नन्दु बैठालाई प्रहरीले आज पक्राउ गरेको हो।

">