आज एक कार्यक्रमबीच उक्त विद्यालयको उद्घाटन गरिएको छ। विद्यालय तीन करोड १० लाख १३ हजार रूपैयाँ भारतीय सहयोगमा निर्माण गरिएको हो।
सन् २००९ मा प्राथमिक विद्यालयको रूपमा स्थापित उक्त विद्यालय सन् २०१५ मा माध्यमिक तहमा स्तरोन्नति भएको थियो। विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई वैदिक तथा आधुनिक शिक्षा संस्कृत भाषामा अध्यापन गराइन्छ।
ईलामसँग जोडिएका अन्य जिल्लाबाट आएका विद्यार्थीहरूका लागि विद्यालयले आवासीय सुविधा प्रदान गर्नेसमेत जनाइएको छ।
भारत सरकारको आर्थिक सहयोगमा निर्मित चारतले भवनमा विद्यालय तथा छात्रावास ब्लक रहेका छन्, जसमा १० वटा कक्षाकोठा, आवासीय विद्यार्थीका लागि नौवटा शयन कक्ष, चारवटा अध्ययन कक्ष, वार्डेन कार्यालय, एउटा बैठक कक्ष, एउटा साझा हल, तीनवटा भण्डारण कक्ष र प्रत्येक तल्लामा छात्र र छात्राका लागि छुट्टै सरसफाइका सुविधा रहेका छन् ।
जिल्ला समन्वय समिति ईलामले यस परियोजनाको कार्यान्वयन गरेको हो।
“यस नवनिर्मित संरचनाले विद्यार्थीहरूको सिकाइ वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई पूरा गर्ने सहयोगीको रूपमा रहेको यस परियोजनासँग भारत सरकार र जनताको तर्फबाट जोडिन पाएकोमा भारतीय दूतावास खुशी व्यक्त गर्दछ,” भारतीय दूतावासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
" /> काठमाडौं। नेपाल-भारत मैत्री विकास सहकार्य कार्यक्रमअन्तर्गत इलामको बरबोटेमा सप्तमाई गुरूकुल संस्कृत विद्यालयको निर्माण कार्य सम्पन्न भएको छ।आज एक कार्यक्रमबीच उक्त विद्यालयको उद्घाटन गरिएको छ। विद्यालय तीन करोड १० लाख १३ हजार रूपैयाँ भारतीय सहयोगमा निर्माण गरिएको हो।

">