काठमाडौं। सडक विभागका पूर्व इन्जिनियर चन्द्रनारायण यादवमाथि ३८ वर्ष सरकारी सेवामा रहँदा गैह्रकानुनीरूपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

२०३६ सालमा सुनसरी-मोरङ सिँचाइ विकास समितिमा ओभरसियर पदमा म्यादी नियुक्ति लिएका यादव २०४७ सालमा इन्जिनियर पदमा स्थायी भएका थिए।

२०७४ साल फागुनमा अवकास प्राप्त गरेका यादवले सेवाको अवधिमा आर्जन गरेका सबै सम्पत्तिमाथि छानबिन गरेपछि भ्रष्टाचार भएको देखिएको भन्दै अख्तियारले उनीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

अख्तियारको अनुसन्धानअनुसार यादवले त्यस अवधिमा एक करोड ८५ लाख ११ हजार ७०० रूपैयाँ भ्रष्टाचार गरेको देखिएको थियो।

यसका साथै उनकी श्रीमती राधाकुमारी यादवको समेत गैह्रकानुनीरूपमा सम्पत्ति आर्जनमा साथ देखिएको भन्दै उनलाई समेत प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन्।

" /> काठमाडौं। सडक विभागका पूर्व इन्जिनियर चन्द्रनारायण यादवमाथि ३८ वर्ष सरकारी सेवामा रहँदा गैह्रकानुनीरूपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

२०३६ सालमा सुनसरी-मोरङ सिँचाइ विकास समितिमा ओभरसियर पदमा म्यादी नियुक्ति लिएका यादव २०४७ सालमा इन्जिनियर पदमा स्थायी भएका थिए।

२०७४ साल फागुनमा अवकास प्राप्त गरेका यादवले सेवाको अवधिमा आर्जन गरेका सबै सम्पत्तिमाथि छानबिन गरेपछि भ्रष्टाचार भएको देखिएको भन्दै अख्तियारले उनीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

अख्तियारको अनुसन्धानअनुसार यादवले त्यस अवधिमा एक करोड ८५ लाख ११ हजार ७०० रूपैयाँ भ्रष्टाचार गरेको देखिएको थियो।

यसका साथै उनकी श्रीमती राधाकुमारी यादवको समेत गैह्रकानुनीरूपमा सम्पत्ति आर्जनमा साथ देखिएको भन्दै उनलाई समेत प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन्।

"> सडक विभागका पूर्वइन्जिनियरलाई झण्डै दुई करोड भ्रष्टाचारको मुद्दा: Dekhapadhi
सडक विभागका पूर्वइन्जिनियरलाई झण्डै दुई करोड भ्रष्टाचारको मुद्दा
काठमाडौं। सडक विभागका पूर्व इन्जिनियर चन्द्रनारायण यादवमाथि ३८ वर्ष सरकारी सेवामा रहँदा गैह्रकानुनीरूपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

२०३६ सालमा सुनसरी-मोरङ सिँचाइ विकास समितिमा ओभरसियर पदमा म्यादी नियुक्ति लिएका यादव २०४७ सालमा इन्जिनियर पदमा स्थायी भएका थिए।

२०७४ साल फागुनमा अवकास प्राप्त गरेका यादवले सेवाको अवधिमा आर्जन गरेका सबै सम्पत्तिमाथि छानबिन गरेपछि भ्रष्टाचार भएको देखिएको भन्दै अख्तियारले उनीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

अख्तियारको अनुसन्धानअनुसार यादवले त्यस अवधिमा एक करोड ८५ लाख ११ हजार ७०० रूपैयाँ भ्रष्टाचार गरेको देखिएको थियो।

यसका साथै उनकी श्रीमती राधाकुमारी यादवको समेत गैह्रकानुनीरूपमा सम्पत्ति आर्जनमा साथ देखिएको भन्दै उनलाई समेत प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्