शाक्यका अनुसार सोमबार मन्दिर परिसरमा छरिएका निर्माण सामग्री मिलाउने र ढुंगाका खम्बाहरू एकत्रित गर्ने कार्य गरिएको छ। उपभोक्ता समितिले सिकर्मी एवं अन्य निर्माणकर्मीहरूसँग छलफल पनि गरेको छ।
मन्दिर पुनर्निर्माणका लागि असार १५ गते ललितपुर महानगरपालिकाले सिफारिस गरेको शाक्य नेतृत्त्वको उपभोक्ता समितिसँग पुरातत्त्व विभागले सम्झौता गरी पेश्की रकम उपलब्ध गराइएको पुरातत्त्व विभागका सिडिई सम्पत घिमिरेले जानकारी दिए।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा पुरातत्त्व विभागले मन्दिर पुनर्निर्माणको प्राविधिक रेखदेख गर्नेछ।
मन्दिर पुनर्निर्माणको अनुगमनका लागि प्राधिकरणका कार्यकारी समिति सदस्यको नेतृत्त्वमा ललितपुर महानगरपलिका एवं सम्बन्धित वडाका प्रतिनिधि, पुरातत्व विभागका प्रतिनिधि, बुङमती क्षेत्र पुनर्निर्माण तथा विकास समितिका प्रतिनिधि, परामर्शदाता र विज्ञ सम्मिलित एउटा समिति पनि गठन गरिएको छ।
उपभोक्ता समिति र पुरातत्त्व विभागबीच भएको सम्झौताअनुसार समितिले एक वर्ष (२०७८ असार १५ गते) भित्र तीन करोड आठ लाख रूपैयाँमा मन्दिरको पुनर्निर्माण गर्नेछ। सम्झौतापछि उपभोक्ता समितिले ४० लाख रूपैयाँ पेश्की लगेको छ।
यसअघि श्रीलंका सरकारको आर्थिक सहयोगमा निर्माण व्यवसायीमार्फत् रातो मच्छिन्द्रनाथको मन्दिर पुनर्निर्माण अघि बढाइएको थियो। पूर्वयोजना अनुसार मन्दिर पुनर्निर्माण अघि नबढेपछि जनप्रतिनिधि एवं स्थानीयको सुझावअनुसार ठेक्का तोडी उपभोक्ता समितिमार्फत् गर्न लागिएको हो।

पुस १४ गते सिंहदरबारस्थित प्राधिकरणको कार्यालयमा बसेको जनप्रतिनिधिसहितको बैठकले मन्दिरको बाँकी कामको पुनर्निर्माण उपभोक्ता समितिमार्फत् गराउने निर्णय गरेको थियो।
उपभोक्ता समितिमार्फत् सम्पदा पुनर्निर्माण गर्दा सकरात्मक परिणाम आएका छन्। रानीपोखरीको पिँध र पानी रहने वरिपरिको पर्खालको पुनर्निर्माण सकेर त्यहाँको उपभोक्ता समितिले गत साता प्राधिकरणलाई हस्तान्तरण गरेको थियो।