अनलाइन कराते कातामा नेपाल तेस्रो
काठमाडौ। आईएसकेयू इन्टरनेशनल अनलाइन कराते काता च्याम्पियनसिप-२०२० मा नेपाल तेस्रो स्थानमा खुम्चेको छ।

नेपालले ६ स्वर्ण, ६ रजत र ६ कांस्य पदक जितेको राष्ट्रिय खेलकुद परिषद (राखेप)का प्रशिक्षक सुरेन्द्र श्रेष्ठले बताए।

११ स्वर्ण, ११ रजत र २५ कांस्य पदकका साथ भारत पहिलो हुँदा १० स्वर्ण, ५ रजत र ७ कांस्य पदकका साथ इरान दोस्रो भयो।

प्रतियोगिताको अन्तिम दिन नेपालले थप १ स्वर्ण, २ रजत र १ कांस्य पदक जोड्न सफल भयो।

अन्तिम दिन भेट्रान्स महिला विधामा राखेपकी प्रशिक्षक एवं खेलाडी कुन्ति गुरुङ जीमीले स्वर्ण पदक जितेकी थिइन्।

सिनियर स्पर्धामा पुरुषतर्फ नेपालका लागि सोनिम मानन्धरले र महिलातर्फ निता आचार्यले रजत पदक जिते।

यसैगरी सिनियर पुरुषतर्फ बब्लु रैनले कांस्य पदक जिते।

प्रतिक्रिया दिनुहोस्