सधैं हँसिलो र फूर्तिलो भीमको आवाज त्यो बेला निक्कै फरक थियो। मलिन र चिन्तित सुनिन्थ्यो। उसले किन यस्तो भन्यो, मलाई कौतूहल भयो। सोधेँ । उसले भन्यो, “बैङ्कले किस्ता हाल्न सयौं पटक फोन गरिसक्यो। किस्ता नराखे गाडी कम्पनीले जफत गर्छ रे।”
भीमको चिन्ता जायज थियो। किनकी ठूलो लगानीको टिपर गाडीको व्यवसाय लकडाउनले चौपट बनाएको थियो। आम्दानी शून्य। त्यसपछि नै ऊ मर्ने कि बाँच्ने दोसाँधमा पुगेको थियो।
उसको आत्महत्याले म स्तब्ध भएँ। म आफैं पनि बैङ्कको ऋणमा डुबेको छु। मलाई पनि त बैङ्कले तारन्तार किस्ता बुझाउन दबाब दिइरहेको छ। म पनि के गर्ने सोच्न सकिरहेको थिइनँ। उसको मृत्युले मेरो तनाव झन् बढायो।
साथी हतास भएको थाहा पाएपछि मैले उसलाई सम्झाउन कोसिस गरेँ, ‘कम्पनीले गाडी लगेर केही हुन्न साथी, हामी त छौं नि’ भनेँ। सम्झाउनुबाहेक अरु केही गर्न म आफैं सक्ने थिइनँ। ऊजस्तै लाचार भइसकेको थिएँ। उसले पनि मेरा कुरा मानेजस्तो गर्यो। तर मेरो कुराले उसलाई छोएनछ। अन्ततः केही दिनपछि भीमले यो दुनियाँलाई ‘अलबिदा’ भन्यो।
उसको आत्महत्याले म स्तब्ध भएँ। म आफैं पनि बैङ्कको ऋणमा डुबेको छु। मलाई पनि त बैङ्कले तारन्तार किस्ता बुझाउन दबाब दिइरहेको छ। म पनि के गर्ने सोच्न सकिरहेको थिइनँ। उसको मृत्युले मेरो तनाव झन् बढायो। त्यसपछि मैले निरन्तर मानसिक परामर्शका लागि डाक्टरलाई भेटेँ। थोरै आत्मविश्वास थपिँदै गयो र आज म जिउँदो छु। मैले मर्न कोसिस गरेकै भए पनि सरकार बचाउन त आउने रहेनछ।
मैले जीवनमा कहिल्यै पनि कामलाई सानो–ठूलो मानिनँ। सानैदेखि जुत्ता पालिस गर्छु वा चटपटे बेच्छु तर आफ्नै व्यवसाय गर्छु भन्ने सोच थियो। कक्षा १० मा पढ्दादेखि नै भविष्यमा सानो लगानीमा आफ्नै व्यवसाय गर्ने योजना बनाएको थिएँ। रामेछापको मन्थली नगरपालिकामा स्नातकसम्मको अध्ययन सकेर स्नातकोत्तर पढ्न काठमाडौं आएँ।
आफ्नै व्यवसाय गर्ने अठोट थियो। त्यसैले अध्ययनको क्रममा सफलताका टिप्स दिने पुस्तकहरू पढ्न थालेँ। गजल, कविता, निबन्ध र कथाहरु पनि पढेँ। अध्ययनको बानीले अनायासै साहित्यलाई मेरो रुचिमा परिणत गराएछ। अध्ययन र साधनालाई निरन्तरता दिने क्रममै मैले २०७० सालमा ‘पहिचान आफ्नै’ उपन्यास प्रकाशन गरेँ। त्यसबेला स्नात्तकोतरका सबै परीक्षा सकिएका थिए। साहित्य त मेरो रुचि थियो, तर जीवन चलाउनका लागि मैले कमाइको बाटो समाउनु नै थियो।
नजिकका सबै साथी विदेश पलायन भए। मलाई पनि विदेशिने सोच नआएको होइन, तर उता पुगेका साथीका तीता वास्तविकता सुनेपछि मेरो पाइला रोकियो। स्वदेशमै सम्भावना खोज्न थालेँ। यतिबेलासम्म विवाह भइसकेको थियो। बा–आमा र पत्नीको जिम्मेवारीले झन् कमाउन दबाब दिइरहेको थियो।
.jpg)
एक समयमा पुगेपछि देशमै ट्याक्सी व्यवसाय गर्छु भनेर आँट गरेँ। सुरू पनि गरेँ। विभिन्न पुस्तकहरु पढ्दा मनमा साह्रै तिखोसँग बिझेको एउटा विषय थियो। ट्याक्सी चालकलाई कसैले राम्रो नजरले हेरेको पाएको थिइनँ। तर किन सबैले काम गरिखानेलाई खराब नजरले हेर्छन् ? भन्ने प्रश्नको उत्तर पाएको थिइनँ। पुस्तक, चलचित्र र वास्तविक जीवनमा पनि धेरैले ट्याक्सी चालकलाई खराब नजरले नै व्याख्या गरेको पाइन्छ।
१८ हजार ब्याज र मासिक किस्ताको बिल सम्झँदै रातदिन ट्याक्सी चलाउन थालेँ। वृद्ध बा–आमालाई मैले ट्याक्सी खरिद गरेको थाहा त छ, तर छोरोले आफ्नै कमाइले किनेको बुझाइ छ। झुक्किएर पनि १८ लाख ऋण छ भनेर थाहा दिएको दिन आमा मुर्छा पर्छिन्।
तर मैले धेरै सोचिनँ। इमानदारीपूर्वक काम गर्छु भन्ने अठोट गरिसकेको थिएँ। ट्याक्सी चालकको लाइसेन्स पनि थियो। त्यसैले स्वरोजगारको माध्यम यसैलाई बनाउने निर्णय गरेँ। अब मलाई व्यवसाय सुरु गर्न समस्या रकमको मात्रै रह्यो। कहाँबाट रकम जम्मा गर्ने सोच्दा एउटै उपाय बैङ्कलाई मैले सारथि देखेँ। १८ लाख ऋण लिएर इमानदार ट्याक्सी चालक भएर युवा क्षमता सदुपयोग गर्छु भन्ने हौसला मिल्यो।
१८ हजार ब्याज र मासिक किस्ताको बिल सम्झँदै रातदिन ट्याक्सी चलाउन थालेँ। वृद्ध बा–आमालाई मैले ट्याक्सी खरिद गरेको थाहा त छ, तर छोरोले आफ्नै कमाइले किनेको बुझाइ छ। झुक्किएर पनि १८ लाख ऋण छ भनेर थाहा दिएको दिन आमा मुर्छा पर्छिन्। तर मलाइ यो रकम तिर्नै सक्दिनँ भन्ने कहिल्यै लागेन। कोरोना र लकडाउनले मानिसको यतिसम्म दुर्दशा सिर्जना गर्छ भन्ने सोच्ने कुरा पनि थिएन।
ट्याक्सीको ब्याजका लागि बैङ्कबाट दैनिक ७-८ पटक फोन आउँदा आफूसँग पैसा नभएपछि मानिसले धेरैथोक सोच्दो रहेछ। आफूले कमाउन नपाइरहेका बेला ऋण पनि नपाएपछि मृत्यु पो उपाय हो कि जस्तो पनि लाग्ने रहेछ!
साथीहरुले भन्ने गर्थे डिग्री पढेर पनि ट्याक्सी चलाएपछि हामी अनपढ कहाँ जानु ? तर म आफ्नो व्यवसायमा गर्व गर्थें। रातको समयमा अध्ययन र उपन्यास लेखनमा जुटिरहेको मैले, ट्याक्सी चलाउँदा हरेक दिन विभिन्न पात्र भेट्न पाउँथे। कोही आफ्ना लाग्ने, कोही पराइ लाग्ने, कोही धेरै बोल्ने त कोही बोल्दै नबोल्ने। दैनिक भेटिने यस्ता सयौ पात्रले मलाई कथा लेख्न उक्साउँथे। दिनभर कामको चटारो र रातभर दिउँसो भेटिएका मानिसको आनीबानी पढ्थेँ। दिनहरु गन्ती नगर्दै बितिरहेका थिए। बैङ्कलाई किस्ता तिर्न कमाइले भ्याइरहेको थियो। त्यसैले मलाई हरेक दिन फरक व्यक्तित्व भएका मानिससँगको भेटमा रमाउने मौका मिलेको थियो।
तर लकडाउनपछिको तनावले मेरो सोचाइमा ठूलो परिवर्तन ल्याइदिएको छ। ट्याक्सीको ब्याजका लागि बैङ्कबाट दैनिक ७-८ पटक फोन आउँदा आफूसँग पैसा नभएपछि मानिसले धेरैथोक सोच्दो रहेछ। आफूले कमाउन नपाइरहेका बेला ऋण पनि नपाएपछि मृत्यु पो उपाय हो कि जस्तो पनि लाग्ने रहेछ! बैङ्कले तारन्तार ताकेता गरिरहेका बेला मैले आफ्नै जिल्लाका पूर्वशिक्षक कुलमान घिसिङ्लाई सम्झिएँ। उहाँले नै मलाई काम सानो–ठूलो हुँदैन भनेर सिकाउनुभएको थियो। ट्याक्सी चलाउँछु भन्दा समर्थन गर्नुभएको थियो। फेरि म हारगुहार गर्दै बैङ्कको ब्याज तिर्ने पैसा सापट माग्न घिसिङ सरकहाँ नै पुगेँ। चारैतिर कतै केही सम्भावना नदेख्दा मानिसले आत्महत्या गर्दो रहेछ। तर मलाई भने यो अवस्थाबाट घिसिङ सरले बचाउनु भयो।
.jpg)
समस्या अझै पूरा सल्टिइसकेको छैन। दिनरात घरमै बस्नुपर्ने बाध्यता नहटेसम्म कति टालटुल गर्नु ? महिनौंसम्म सडकमा गुडाउन नपाएको ट्याक्सी बिग्रिरहेको हेर्छु, मन फेरि अमिलो हुन्छ। देशमै स्वरोजगार बन्ने आँट कसेका मजस्ता कति युवा होलान ? के सोच्दा हुन् तिनले ? मजस्तै देशमै केही गर्ने आँट गरेकोमा पछुताउँदै पो छन् कि !
दुई छाक खानकै लागि विदेश जान्नँ भनेर स्वदेशमै रहेँ। तर आज विदेश नै गएको भए पनि उद्धार र व्यवस्थापन नहुने रहेछ। त्यसैले विदेश नगएकोमा गुनासो गर्नुपर्ने ठाउँ पनि रहेन।
देश भनेकै जनता हैन र ? जनता बाँचे पो उनीहरूले नै देश बचाउँछन्। म त यही सोच्छु, तर सरकारले त्यसरी सोच्दो रहेनछ। देशमै केही गर्छु भनेर मैले देखेको सपना नै गलत रहेछ कि जस्तो पनि लाग्न थालेको छ। व्यवसायीलाई सङ्कटमा सहुलियत दिने भनेको सुनिन्छ, तर फेरि जनताको ढाड सेकाउने कर उठाउन प्रशासन आतुर देखिन्छ ! हामीलार्ई आत्महत्या गर्न बाध्य बनाइराखेको छ सरकारले।

आज, काठमाडौंमा मात्र १२ हजार भन्दा बढी निजी लगानीका ट्याक्सी व्यावसायी धराशायी हुने अवस्थामा छन्। मसँगैका धेरै साथी मानसिक समस्यामा फसेका छन्। तर जनताको समस्यालाई आफ्नै सन्तानको पीडा नठान्ने सरकार मलाई कुम्भकर्ण लाग्छ। हामी बाँच्दा कर उठाउला, मर्दा बचाउन आउँदैन। त्यसैले म अब आत्महत्या गर्दिनँ। मैले आत्महत्या गरे पनि सरकार मलाई बचाउन नआउने रहेछ।
मेरो साथी भीमले टिपरको किस्ता बुझाउन नसकेर आत्महत्या गर्यो। खै त आज उसको मृत्युले कसलाई फरक पारेको छ र ? संसार अस्तव्यस्त चलेकै छ। जनता आफू बाँच्न आफैं घिस्रिरहेकै छन्। सरकार कुर्सीको लागि कुस्ती खेलिरहेकै छ! तर यो सङ्कटमा राज्यले नजरअन्दाज गरेकै कारण भीमले ज्यान गुमाउनुपरेको हेक्का मलाई मात्र छ ।
(देखापढीकर्मी अनिता भेटवालसँगको कुराकानीमा आधारित।)