काठमाडाैं। कोभिड-१९ का कारणले रोकिएको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम आज देशभरि एकैसाथ सञ्चालन गरिएको छ।
उक्त कार्यक्रमअन्तर्गत बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइएको स्वास्थ्य सेवा विभाग पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी दिए।
‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रमअन्तर्गतको दोस्रो चरणको कार्यक्रम गत वैशाख ६ र ७ गते रोकिएकोमा आज र भोलि दुई दिन चल्नेछ।
करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ए करिब २७ लाख तीन हजार ५२२ बालबालिका र जुकाको औषधि २३ लाख ९३ हजार १५२ बालबालिकालाई खुवाइने उनले जानकारी दिए।
६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधि खुवाइन्छ।
कोभिड-१९ का कारणले बन्दाबन्दीले गर्दा वैशाख ६ र ७ गते हुने कार्यक्रम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत २१ गते रोकेको थियो।
सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुईपटक राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।
बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट सरकारले निःशुल्क भिटामिन ए खुवाउँदै आइरहेको छ।
यस्तै जुकाको औषधि २०५८ सालदेखि प्रत्येक वर्ष दुईपटक बालबालिकालाई खुवाउने गरिन्छ। पोषण शाखा प्रमुख पराजुलीले आज नै १५ बहुसूक्ष्म पोषण तत्वले बनेको बालभिटा ६ महिनादेखि २३ महिनाका बालबालिका समेत सोही कार्यक्रममा खुवाइने बताए।
त्यस्तै ४१ जिल्लामा लागू गरिएको बालभिटा २०६६ सालदेखि बालबालिकालाई खुवाउन थालिएको हो। रासस
" /> काठमाडाैं। कोभिड-१९ का कारणले रोकिएको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम आज देशभरि एकैसाथ सञ्चालन गरिएको छ।उक्त कार्यक्रमअन्तर्गत बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइएको स्वास्थ्य सेवा विभाग पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी दिए।

">