१५ साउनभित्रै एसईईको नतिजा सार्वजनिक हुन्छः राष्ट्रिय परीक्षा बोर्ड
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले १५ साउनभित्रै माध्यमिक शिक्षा परीक्षा (एसईई) सार्वजनिक गर्ने जनाएको छ।

बोर्डलाई जिल्ला शिक्षा समन्वय इकाइबाट आन्तरिक मूल्यांकनको नतिजा प्राप्त भइसकेको छ।

विद्यालयले आन्तरिक मूल्यांकन गरेर पठाएको नतिजालाई ७७ वटै जिल्लाका इकाइहरूले बोर्डको अनलाइन सर्भरमा राख्न थालिसकेको बोर्डका का.मु परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिए।

हिजो, २१ असारसम्म सम्पूर्ण इकाइले नतिजा सर्भरमा राखिसक्न भनिएको थियो। तर, केही जिल्लाको आउन बाँकी छ। “जिल्लाबाट प्राप्त नतिजा र विद्यालयले पठाएको हार्ड कपी दुवै हेरेर भेरिफाई गर्छौ। कुनै कमिकजोरी वा त्रुटि छ भने हार्ड कपीलाई नै आधार मानेर नतिजा तयार गरिन्छ”, खकुरेलले देखापढीसँग भने।

विद्यालयमा शिक्षकहरू उपलब्ध नभएका केही विद्यालयको नतिजा इकाइ नपुग्दा सर्भरमा राख्न ढिलाइ भएको उनको भनाइ छ। बोर्डले तयार पारेको कार्यविधिअनुसार विद्यालयको प्रधानाध्यापकको संयोजकत्वमा रहेको मूल्यांकन समितिले तयार पारेको नतिजा इकाइमा पठाउँछ।

उक्त नतिजा इकाइले अनलाइन सर्भरमा राखेपछि बोर्डले त्यसमा रुजु गर्ने, भेरिफाई गर्ने, नतिजा तयार पार्नेलगायतका काम गरेर अन्तिम नतिजा प्रकाशन गरिने नियन्त्रक खकुरेल बताउँछन्।

यो सबै पूरा गरेर १५ साउनभित्र नतिजा प्रकाशन गरिने उनले बताए। “केही विद्यालयबाट नतिजा आउन सकेको छैन। त्यसले गर्दा १५ साउनको मिति केही दिन पछाडि धकेलिन्छ कि भन्ने छ। तर, हाम्रो लक्ष्य त्यही मितिमा सक्ने गरी काम भइरहेको छ”, खकुरेलले भने।

२८ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले २०७६ सालको एसईई नगर्ने निर्णय गरेको थियो। कोरोना महामारीका कारण परीक्षा गराउन असम्भव भएको भन्दै आन्तरिक मूल्यांकनका आधारमा परीक्षा गर्ने निर्णय गरेको थियो।

गत ६ चैतबाट तोकिएको परीक्षा अन्तिम समयमा आएर स्थगित भएको थियो। यो वर्ष चार लाख ८२ हजार ७०७ विद्यार्थी एसईई परीक्षा दिने तयारीमा थिए।

प्रतिक्रिया दिनुहोस्