दुई किलो अफिमसहित पक्राउ

काठमाडौं। लागुऔषध नियन्त्रण ब्यूरोले करिब दुई किलो अफिमसहित एकजनालाई पक्राउ गरेको छ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट एकजनालाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ।

राक्सिराङ गाउँपालिका-३ बस्ने वर्ष ३५ को पदमबहादुर थिङलाई एक किलो ९५० ग्राम अफिमसहित पक्राउ गरिएको हो।

कारोबारको योजना बनाइरहेको अवस्थामा उनलाई पक्राउ गरेर आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरको जिम्मा लगाइएको ब्यूरोले जानकारी दिएको छ।

लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको छ।