फेब्रुअरीमा चीनको वुहानमा सङ्क्रमण उच्च हुँदा कतिपय देशले चिनियाँ यात्रीलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाए, तर जापानले कुनै पनि सीमा बन्द गरेन। कठोर ढङ्गमा लकडाउन पनि गरेन।
अप्रिलमा जापान सरकारले देशमा इमर्जेन्सी लागु गर्ने आदेश दियो। तर नागरिकलाई घरमै बस्ने काम ‘स्वेच्छिक’ रहेको बताइयो। कम आवश्यक पसलहरू बन्द गर्न भनियो, तर खोल्नेलाई जरिवाना गरिएन।
विश्व स्वास्थ्य सङ्गठनले ‘टेस्ट–टेस्ट–टेस्ट’ गर्ने सल्लाह दिँदा त्यसलाई पनि पालना गरेन जापानले। तर पनि जापानमा कोरोनाको प्रभाव निकै कम पर्यो। किन?
यति हुँदाहुँदै पनि जापानमा कोरोना सङ्क्रमणको पहिलो घटना पत्ता लागेको पाँच महिनापछि २० हजारमा पोजिटिभ भेटियो। र, कोरोनाबाट हजारभन्दा बढीको मृत्यु भयो। अहिले जापानमा इमर्जेन्सी हटिसकेको छ र जनजीवन सामान्य बनेको छ।
जापानको टेलिकम कम्पनी सफ्ट बैङ्कले आफ्ना ४० हजार कर्मचारीको कोरोना जाँच गरायो र ०.२४ प्रतिशतमात्र पोजिटिभ पायो। यसैगरी आठ हजार जनाको आकस्मिक जाँच गर्दा ०.१ प्रतिशतमा मात्रै कोरोना पाइयो। यसैबाट थाहा हुन्छ, त्यहाँ सङ्क्रमण तीव्र छैन।
जापानीहरुको जीवन अन्य देशका मानिसको भन्दा स्तरीय छ। त्यहाँका उपप्रधानमन्त्री टारो असोले भनेका छन्, ‘‘जापानी नागरिकको उच्च गुणस्तरीय जीवनशैली छ। कोरोना नफैलनुमा मुख्य कारण यही हो।’’ त्यसो त असोको भनाइको विरोध पनि भएको छ।
विरोध भए पनि समर्थन भए पनि जापानमा कोरोना नफैलनुमा केही कारण अवश्य छ। जापानी संस्कृति पनि यसमा सहायक बन्न पुगेको छ। जापानमा एकापसमा भेट हुँदा अँगालो मार्ने, चुम्बन गर्ने चलन छैन। यसले सामाजिक दूरी कायम गर्न मद्दत पुगेको छ।
टोक्यो युनिभर्सिटीका प्रोफेसर तात्सुहिको कोडोमाका अनुसार जापानमा कोरोना पहिलादेखि नै थियो। उनी भन्छन्, ‘‘कोभिड–१९ नै होइन, तर योसँग मिल्दोजुल्दो भाइरस थियो। यसले कोरोना महामारीसँग जुध्न प्रतिरोधात्मक शक्ति जापानी नागरिकमा मौजुद रहेको देखियोे।’’
कतिपय वैज्ञानिकको मत के छ भने, व्यक्तिगत स्वास्थ्य र सङ्क्रमणका बारेमा सचेत नागरिक भएका मुलुकमा कोरोना फैलन पाएन। जापानमा १९१९ को फ्लु महामारीको समयदेखि नै मास्क लगाउने चलन बसेको छ। जापानमा वरिपरि रहेका मानिसलाई रुघाखोकी लागेको थाहा हुँदासाथ मास्क लगाइहालिन्छ।
मास्कले दुई ढङ्गमा काम गर्छ– पहिलो, मास्क लगाएपछि सङ्क्रमण फैलँदैन। अर्को, कसैले मास्क लगाएको छ भने उसलाई फ्लु वा अन्य केही समस्या छ भन्ने थाहा हुन्छ र मानिसहरु सतर्क भइहाल्छन्।
जापानले विगतबाट पाठ सिक्ने गरेको देखिन्छ। १९१९ को फ्लुले मास्क लगाउन सिकाएजस्तै १९५० को दशकमा त्यहाँ फैलिएको टीबीको समयदेखि नै सरकारले स्वास्थ्य सेवा विकसित गर्न थाल्यो। कन्ट्र्याक्ट ट्रेसिङको त जापानमा उच्च तहको व्यवस्था छ। यसले कुनै पनि महामारीबाट जोगिन ठूलो मद्दत गर्छ।
जापानलाई कोरोना नियन्त्रणमा मिलेको सफलताको कारण कुनै एउटा मात्र छैन। स्मार्ट जापानी नागरिक भाग्यमानी पनि छन्। सरकारले भनेको जनता राम्ररी मान्छन्। महामारीको समयमा सरकारका सबै आदेश जनता सहजै पालना गर्छन्। सरकार जिम्मेवार छ, पूर्वाधार चुस्त छन्।
नेपाललगायत कतिपय मुलुक अहिले महामारीको अनियन्त्रित अवस्थामा पुगेका छन्। यसमा प्रमुख दोषी सरकार त हुँदै हो, सहायक तत्व जनताको लापरवाही पनि रहेको देखिन्छ।
(बीबीसीको सहयोगमा)