सप्तरी। सप्तरीमा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या घट्दै छ। होम क्वारेन्टाइनमा बस्ने भने बढेका छन्। हिजो, २१ असारसम्ममा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ३०६ मा झरेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ। क्वारेन्टाइनमा रहेकाहरूमध्ये ३२ जना महिला छन् ।
नौ नगरपालिका र नौ गाउँपालिका रहेको जिल्लाको स्थानीय तहमा रहेको ८६ वटा क्वारेन्टाइनस्थलमा तीन हजार ८०० शय्या छ। क्वारेन्टाइनमा बस्नेको सङ्ख्या घटेपछि ४७ क्वारेन्टाइनस्थल पूर्णतया खाली भएका छन्।
बाँकी ३९ क्वारेन्टाइनमध्ये अधिकांशमा एकदेखि पाँच जना मात्र छन्। हालसम्म क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ४९७ महिला र चार हजार ५६० पुरुष गरी पाँच हजार ५७ पुगेको छ।
क्वारेन्टाइनमा हालसम्म राखिएकामध्ये ४६५ महिला र चार हजार २८६ पुरुष गरी चार हजार ७५१ जनालाई घर पठाइएको छ।
अधिकांसको स्वाब परीक्षण गर्दा कोभिड-१९ नतिजा नेगेटिभ आएपछि घर पठाइएको र सङ्क्रमण पुष्टि भएका केहीलाई उपचारका लागि आइसोलेशन केन्द्रमा राखिएकाले क्वारेन्टाइनमा बस्ने निरन्तर घट्दै गइरहेको स्वास्थ्य कार्यालय, सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए।
सप्तरीमा सङ्क्रमित सङ्ख्या ३२१ पुगेकोमा १३९ जना घर फर्किएका कोभिड-१९ व्यवस्थापन संयोजक तथा गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजीतकुमार झाले बताए। हाल २० महिला र १४९ पुरुष आइसोलेसन केन्द्रमा छन्। रासस
" /> सप्तरी। सप्तरीमा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या घट्दै छ। होम क्वारेन्टाइनमा बस्ने भने बढेका छन्। हिजो, २१ असारसम्ममा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ३०६ मा झरेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ। क्वारेन्टाइनमा रहेकाहरूमध्ये ३२ जना महिला छन् ।नौ नगरपालिका र नौ गाउँपालिका रहेको जिल्लाको स्थानीय तहमा रहेको ८६ वटा क्वारेन्टाइनस्थलमा तीन हजार ८०० शय्या छ। क्वारेन्टाइनमा बस्नेको सङ्ख्या घटेपछि ४७ क्वारेन्टाइनस्थल पूर्णतया खाली भएका छन्।

">