खोला तथा पोखरीमा डुबेर तीनजनाको मृत्यु
काठमाडौं। काभ्रे, संखुवासभा र सप्तरीमा खोला र पोखरीमा डुबेर तीनजनाको मृत्यु भएको छ।

काभ्रेको नमोबुद्ध नगरपलिका-४ बस्ने साइला परियारको ९ वर्षीय छोरा पुकार परियारको दाप्चा खोलामा डुबेर मृत्यु भएको हो।

खोलामा पौडी खेल्ने क्रममा डुबेर अचेत अवस्थामा स्थानीयबासीले उद्दार गरी उपचारको लागि धुलिखेल अस्पताल पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो।

त्यस्तै संखुवासभा, खाँदबारी नगरपालिका-२ बेतिनीस्थित पोखरीमा डुबेर खाँदबारी नगरपालिका-८ बस्ने १७ वर्षीय युवराज कटवालको मृत्यु भएको छ। पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो।

उता सप्तरीको राजविराज नगरपालिका-१५ मा ८ वर्षीय सुरज पण्डितको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्