काठमाडौं। भारतको उडिसाको कान्धामल जिल्लामा भारतमा सशस्त्र विद्रोह गरिरहेका चारजना माओवादी लडाकुको सरक्षा कारवाहीमा ज्यान गएको बताइएको छ।
उक्त जिल्लामा भारतीय सुरक्षा बलका सदस्यहरूसँग भएको दोहोरो भिडन्तमा परी ती माओवादी लडाकू मारिएको बताइएको छ।
उडिसा राज्यका प्रमुखसचिव अजित त्रिपाठीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले सो कुरा जानकारी गराएका छन्। मुख्यसचिव त्रिपाठीले आज बिहान ट्वीट गरेर सो क्षेत्रमा सुरक्षा गस्तीमा रहेका भारतीय सुरक्षा बलका सदस्यहरूसँगको भिडन्तमा परी चारजना माओवादी विद्रोहीको मृत्यु भएको बताएका छन्।
त्रिपाठीले सफल रूपमा माओवादी विरुद्धमा कारवाही गर्न सकेको र सुरक्षाकर्मीतर्फ कुनै क्षति नभएको भन्दै सुरक्षा अधिकारी तथा सुरक्षा गस्तीमा रहेका सुरक्षाकर्मीहरूलाई बधाई पनि दिएका छन्।
" /> काठमाडौं। भारतको उडिसाको कान्धामल जिल्लामा भारतमा सशस्त्र विद्रोह गरिरहेका चारजना माओवादी लडाकुको सरक्षा कारवाहीमा ज्यान गएको बताइएको छ।उक्त जिल्लामा भारतीय सुरक्षा बलका सदस्यहरूसँग भएको दोहोरो भिडन्तमा परी ती माओवादी लडाकू मारिएको बताइएको छ।

">