रोल्पा। रोल्पाका स्थानीय तहमा नेपाली सेनाले हेलिप्याड निर्माण गरेको छ।  विपद् र स्वास्थ्यसँग जोडिएका विषयका साथै सुत्केरी महिलाको आपतकालीन उद्वारमा सहज होस् भन्ने उद्देश्यले नेपाली सेनाले उक्त होलिप्याड बनाएको हो।
जिल्लाका सुनछहरी गाउँपालिकाको पोवाङ, रुन्टीगढी गाउँपालिकाको होलेरी, परिवर्तन गाउँपालिकाको धामाचौर र गङ्‍गादेव गाउँपालिकाको सुखाओडारमा हेलिप्याड निर्माण गरिएको हो। सेनाको खड्गदल गण लिवाङले सो हेलिप्याड निर्माण गरेको हो। प्रदेश सरकारको सहयोगमा पहिलो चरणमा जिल्लाका पाँच स्थानीय तहमा निर्माण गरिएको सो हेलिप्याडमध्ये चार स्थानको जिम्मा नेपाली सेनाले लिएको हो। रोल्पा नगरपालिकाको लिवाङको हेलिप्याड भने नगरपालिका आफैंले बनाइरहेको छ।
“विपद्सँग सम्बन्धित विषय नेपाली सेनाको पनि सरोकारको विषय भएकाले हेलिप्याड निर्माण गरेका हौँ,” खड्गदल गण रोल्पाका गणपति सुधिर केसीले भने, “लकडाउनको असहजताबीच निर्माण कार्य सम्पन्न गरेका छौँ।”
जिल्ला प्रशासन कार्यालयको कार्यदेशअनुसार खड्गदल गण रोल्पा उक्त निर्माण कार्यमा सरिक भएको थियो। सार्वजनिक खरिद ऐन बमोजिम उक्त हेलिप्याड निर्माण गरिएको हो। प्रति हेलिप्याड पाँच लाख रुपैयाँका दरले निर्माण गरिएको सेनाले जनाएको छ। सो निर्माणका लागि प्रदेश सरकारले अघिल्लो वर्ष नै बजेट विनियोजन गरे पनि विविध कारणवश निर्माण हुन सकेको थिएन। निर्माण कार्य नहुँदा अघिल्लो वर्ष बजेट फिर्ता गएपछि यस वर्ष नेपाली सेनालाई निर्माण कार्यको जिम्मा दिइएको हो।
रोल्पा नगरपालिकाले नाइट भिजन हेलिप्याड निर्माण गरेको छ। अघिल्लो वर्ष १५ लाख रुपैयाँ बजेट खर्चेर बनाइएको हेलिप्याड वर्षासँगै भत्किएपछि यस वर्ष पनि सोही हेलिप्याड निर्माणका लागि बजेट छुट्याएको नगरपालिकाका प्रमुख पूर्ण केसीले बताए। उक्त हेलिप्याडका लागि यस वर्ष २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। वर्षातको मौसमसँगै रोल्पाका अधिकांश सडकहरुमा आउने पहिरोले ६ महिनासम्म सडक अवरुद्ध हुँदा बिरामी, सुत्केरी महिला तथा विपद्मा परेकाहरुले अकालमा ज्यान गुमाउने गरेका छन्। रासस
" /> रोल्पा। रोल्पाका स्थानीय तहमा नेपाली सेनाले हेलिप्याड निर्माण गरेको छ।  विपद् र स्वास्थ्यसँग जोडिएका विषयका साथै सुत्केरी महिलाको आपतकालीन उद्वारमा सहज होस् भन्ने उद्देश्यले नेपाली सेनाले उक्त होलिप्याड बनाएको हो।
जिल्लाका सुनछहरी गाउँपालिकाको पोवाङ, रुन्टीगढी गाउँपालिकाको होलेरी, परिवर्तन गाउँपालिकाको धामाचौर र गङ्‍गादेव गाउँपालिकाको सुखाओडारमा हेलिप्याड निर्माण गरिएको हो। सेनाको खड्गदल गण लिवाङले सो हेलिप्याड निर्माण गरेको हो। प्रदेश सरकारको सहयोगमा पहिलो चरणमा जिल्लाका पाँच स्थानीय तहमा निर्माण गरिएको सो हेलिप्याडमध्ये चार स्थानको जिम्मा नेपाली सेनाले लिएको हो। रोल्पा नगरपालिकाको लिवाङको हेलिप्याड भने नगरपालिका आफैंले बनाइरहेको छ।
“विपद्सँग सम्बन्धित विषय नेपाली सेनाको पनि सरोकारको विषय भएकाले हेलिप्याड निर्माण गरेका हौँ,” खड्गदल गण रोल्पाका गणपति सुधिर केसीले भने, “लकडाउनको असहजताबीच निर्माण कार्य सम्पन्न गरेका छौँ।”
जिल्ला प्रशासन कार्यालयको कार्यदेशअनुसार खड्गदल गण रोल्पा उक्त निर्माण कार्यमा सरिक भएको थियो। सार्वजनिक खरिद ऐन बमोजिम उक्त हेलिप्याड निर्माण गरिएको हो। प्रति हेलिप्याड पाँच लाख रुपैयाँका दरले निर्माण गरिएको सेनाले जनाएको छ। सो निर्माणका लागि प्रदेश सरकारले अघिल्लो वर्ष नै बजेट विनियोजन गरे पनि विविध कारणवश निर्माण हुन सकेको थिएन। निर्माण कार्य नहुँदा अघिल्लो वर्ष बजेट फिर्ता गएपछि यस वर्ष नेपाली सेनालाई निर्माण कार्यको जिम्मा दिइएको हो।
रोल्पा नगरपालिकाले नाइट भिजन हेलिप्याड निर्माण गरेको छ। अघिल्लो वर्ष १५ लाख रुपैयाँ बजेट खर्चेर बनाइएको हेलिप्याड वर्षासँगै भत्किएपछि यस वर्ष पनि सोही हेलिप्याड निर्माणका लागि बजेट छुट्याएको नगरपालिकाका प्रमुख पूर्ण केसीले बताए। उक्त हेलिप्याडका लागि यस वर्ष २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। वर्षातको मौसमसँगै रोल्पाका अधिकांश सडकहरुमा आउने पहिरोले ६ महिनासम्म सडक अवरुद्ध हुँदा बिरामी, सुत्केरी महिला तथा विपद्मा परेकाहरुले अकालमा ज्यान गुमाउने गरेका छन्। रासस
"> रोल्पाका स्थानीय तहमा हेलिप्याड: Dekhapadhi
रोल्पाका स्थानीय तहमा हेलिप्याड
रोल्पा। रोल्पाका स्थानीय तहमा नेपाली सेनाले हेलिप्याड निर्माण गरेको छ।  विपद् र स्वास्थ्यसँग जोडिएका विषयका साथै सुत्केरी महिलाको आपतकालीन उद्वारमा सहज होस् भन्ने उद्देश्यले नेपाली सेनाले उक्त होलिप्याड बनाएको हो।
“विपद्सँग सम्बन्धित विषय नेपाली सेनाको पनि सरोकारको विषय भएकाले हेलिप्याड निर्माण गरेका हौँ,” खड्गदल गण रोल्पाका गणपति सुधिर केसीले भने, “लकडाउनको असहजताबीच निर्माण कार्य सम्पन्न गरेका छौँ।”
जिल्ला प्रशासन कार्यालयको कार्यदेशअनुसार खड्गदल गण रोल्पा उक्त निर्माण कार्यमा सरिक भएको थियो। सार्वजनिक खरिद ऐन बमोजिम उक्त हेलिप्याड निर्माण गरिएको हो। प्रति हेलिप्याड पाँच लाख रुपैयाँका दरले निर्माण गरिएको सेनाले जनाएको छ। सो निर्माणका लागि प्रदेश सरकारले अघिल्लो वर्ष नै बजेट विनियोजन गरे पनि विविध कारणवश निर्माण हुन सकेको थिएन। निर्माण कार्य नहुँदा अघिल्लो वर्ष बजेट फिर्ता गएपछि यस वर्ष नेपाली सेनालाई निर्माण कार्यको जिम्मा दिइएको हो।
रोल्पा नगरपालिकाले नाइट भिजन हेलिप्याड निर्माण गरेको छ। अघिल्लो वर्ष १५ लाख रुपैयाँ बजेट खर्चेर बनाइएको हेलिप्याड वर्षासँगै भत्किएपछि यस वर्ष पनि सोही हेलिप्याड निर्माणका लागि बजेट छुट्याएको नगरपालिकाका प्रमुख पूर्ण केसीले बताए। उक्त हेलिप्याडका लागि यस वर्ष २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। वर्षातको मौसमसँगै रोल्पाका अधिकांश सडकहरुमा आउने पहिरोले ६ महिनासम्म सडक अवरुद्ध हुँदा बिरामी, सुत्केरी महिला तथा विपद्मा परेकाहरुले अकालमा ज्यान गुमाउने गरेका छन्। रासस
प्रतिक्रिया दिनुहोस्