पोखरा। कास्कीको अन्नपूर्ण गाउँपालिका-८ बिरेठाँटीमा राहतस्वरूप १०० बोरा चामल वितरण गरिएको छ।
कोरोनाको महामारीसँगै दैनिकी सञ्चालनमा समस्या परेका सर्वसाधारणलाई लक्षित गरी प्रतिपरिवार २५ किलोग्रामका एक/एक बोरा चामल राहतस्वरुप प्रदान गरिएको राहत संयोजक टेकबहादुर गुरुङले जानकारी दिए।
उनका अनुसार अनुसार साविक कास्कीको दाङसिङ गाविस-३ उपल्लोथरका लाम्छाने गुरुङको समन्वय एवं सहयोगमा जल्गेनी, सिबिके, खिउ, खाउने, एक्ले, सारक्यु, छेदगाउँ, दाङसिङ गाउँ, लामाखेतलगायत स्थानका बासिन्दालाई सहयोग उपलब्ध गराइएको हो।
यस राहत अभियानमा बेलायत, अमेरिका, जर्मनी, बेल्जियम, हङकङ, कोरिया, अफगानिस्तानलगायत विभिन्न देशमा कार्यरत साथै पोखरामा बस्दै आएका दाङसिङ उपल्लोथरका लाम्छाने गुरुङको सामूहिक प्रयासमा सहयोग जुटाइएको गुरुङले बताए। रासस
" /> पोखरा। कास्कीको अन्नपूर्ण गाउँपालिका-८ बिरेठाँटीमा राहतस्वरूप १०० बोरा चामल वितरण गरिएको छ।कोरोनाको महामारीसँगै दैनिकी सञ्चालनमा समस्या परेका सर्वसाधारणलाई लक्षित गरी प्रतिपरिवार २५ किलोग्रामका एक/एक बोरा चामल राहतस्वरुप प्रदान गरिएको राहत संयोजक टेकबहादुर गुरुङले जानकारी दिए।

">