रोल्पा। जिल्लाका स्थानीय तहमा नेपाली सेनाले हेलिप्याड निर्माण गरेको छ। विपद् र स्वास्थ्य सेवासँग जोडिएका विषयमा आपतकालीन उद्धार तथा राहतका लागि सेनाले उक्त होलिप्याड निर्माण गरेको हो।
सुनछहरी गाउँपालिकाको पोवाङ, रुण्टीगढी गाउँपालिकाको होलेरी, परिवर्तन गाउँपालिकाको धामाचौर र गङ्गादेव गाउँपालिकाको सुखाओडारमा सेनाको खड्गदल गण लिवाङले सो हेलिप्याड निर्माण गरेको हो।
प्रदेश सरकारको सहयोगमा पहिलो चरणमा जिल्लाका पाँच स्थानीय तहमा निर्माण गरिएको सो हेलिप्याडमध्ये चार स्थानको जिम्मा सेनाले लिएको हो। रोल्पा नगरपालिकाको लिवाङमा निर्माण गरिएको हेलिप्याड भने नगरपालिका आफैँले निर्माण गरिरहेको छ।
“विपद्सँग सम्वन्धित विषय नेपाली सेनाको पनि सरोकारको विषय भएकाले हेलिप्याड निर्माण गरेका हौँ”, खड्गदल गण रोल्पाका गणपति सुधीर केसीले भने, “लकडाउनको असहजताका बीच पनि निर्माण सम्पन्न गरेका छौँ ।”
सार्वजनिक खरीद ऐनबमोजिम प्रतिहेलिप्याड पाँच लाखका दरले निर्माण गरिएको सेनाले जनाएको छ। हेलिप्याडका लागि यस वर्ष रु २० लाख बजेट विनियोजन गरिएको थियो। रासस
" /> रोल्पा। जिल्लाका स्थानीय तहमा नेपाली सेनाले हेलिप्याड निर्माण गरेको छ। विपद् र स्वास्थ्य सेवासँग जोडिएका विषयमा आपतकालीन उद्धार तथा राहतका लागि सेनाले उक्त होलिप्याड निर्माण गरेको हो।सुनछहरी गाउँपालिकाको पोवाङ, रुण्टीगढी गाउँपालिकाको होलेरी, परिवर्तन गाउँपालिकाको धामाचौर र गङ्गादेव गाउँपालिकाको सुखाओडारमा सेनाको खड्गदल गण लिवाङले सो हेलिप्याड निर्माण गरेको हो।

">