चितवन। चितवनको एक विद्यालयले एक महीना १५ दिनको भाडा ३० लाख रूपैयाँ छुट गरेको छ। कोभिड–१९ सँगै गरिएको लकडाउनले भाडामा बस्नेको व्यवसाय प्रभावित भएको भन्दै भरतपुरमा रहेको चितवन माध्यामिक विद्यालयले भाडा छुट गरेको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम लामिछानेका अनुसार सटर भाडा लिएकाबाट मासिक भाडा २० लाख उठ्ने गर्दछ। एक महीना १५ दिनको भाडा छुट गरिएको हो। सोही जग्गामा रहेको चितवन मेडिकल कलेजले वार्षिक ५० लाख रूपैयाँ भाडा तिर्ने गर्दछ। त्यस संस्था र मुद्दामा रहेको एक पेट्रोलपम्पबाहेक सटर भाडामा लिएकाको भाडा छुट गर्ने विद्यालय व्यवस्थापन समितिले निर्णय गरेको जनाएको छ।

विद्यालयले सबै भाडामा लगाएको ठाउँबाट वार्षिक तीन करोड हाराहारी भाडा सङ्कलन गर्ने उनको भनाइ छ। विद्यालयका प्राचार्य मुक्तिनाथ लामिछानेले भाडामा बस्नेले कोभिड–१९ का कारण व्यवसाय नभएको भन्दै दिएको निवेदनउपर समितिले सो निर्णय गरेको जानकारी दिए। उनका अनुसार विद्यालयले सङ्कलन गर्ने भाडाबाट निजी स्रोतमा रहेका शिक्षक, शिक्षिका र कर्मचारीको तलबसँगै भौतिक पूर्वाधारमा खर्च गरिने गरेको छ।

यस क्षेत्रमा सरकारीस्तरमा सबैभन्दा बढी भाडा सङ्कलन हुने संस्था चितवन मावि पर्दछ। यसअघि जिल्ला समन्वय समितिले पनि आफ्नो जग्गा एवं भवनमा भाडामा बसेकालाई लकडाउनको समयमा तीन महिनाको भाडा छुट गर्ने जनाएको थियो। रासस

" /> चितवन। चितवनको एक विद्यालयले एक महीना १५ दिनको भाडा ३० लाख रूपैयाँ छुट गरेको छ। कोभिड–१९ सँगै गरिएको लकडाउनले भाडामा बस्नेको व्यवसाय प्रभावित भएको भन्दै भरतपुरमा रहेको चितवन माध्यामिक विद्यालयले भाडा छुट गरेको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम लामिछानेका अनुसार सटर भाडा लिएकाबाट मासिक भाडा २० लाख उठ्ने गर्दछ। एक महीना १५ दिनको भाडा छुट गरिएको हो। सोही जग्गामा रहेको चितवन मेडिकल कलेजले वार्षिक ५० लाख रूपैयाँ भाडा तिर्ने गर्दछ। त्यस संस्था र मुद्दामा रहेको एक पेट्रोलपम्पबाहेक सटर भाडामा लिएकाको भाडा छुट गर्ने विद्यालय व्यवस्थापन समितिले निर्णय गरेको जनाएको छ।

विद्यालयले सबै भाडामा लगाएको ठाउँबाट वार्षिक तीन करोड हाराहारी भाडा सङ्कलन गर्ने उनको भनाइ छ। विद्यालयका प्राचार्य मुक्तिनाथ लामिछानेले भाडामा बस्नेले कोभिड–१९ का कारण व्यवसाय नभएको भन्दै दिएको निवेदनउपर समितिले सो निर्णय गरेको जानकारी दिए। उनका अनुसार विद्यालयले सङ्कलन गर्ने भाडाबाट निजी स्रोतमा रहेका शिक्षक, शिक्षिका र कर्मचारीको तलबसँगै भौतिक पूर्वाधारमा खर्च गरिने गरेको छ।

यस क्षेत्रमा सरकारीस्तरमा सबैभन्दा बढी भाडा सङ्कलन हुने संस्था चितवन मावि पर्दछ। यसअघि जिल्ला समन्वय समितिले पनि आफ्नो जग्गा एवं भवनमा भाडामा बसेकालाई लकडाउनको समयमा तीन महिनाको भाडा छुट गर्ने जनाएको थियो। रासस

"> ३० लाख भाडा छुट गर्दै चितवन मावि    : Dekhapadhi
३० लाख भाडा छुट गर्दै चितवन मावि
चितवन। चितवनको एक विद्यालयले एक महीना १५ दिनको भाडा ३० लाख रूपैयाँ छुट गरेको छ। कोभिड–१९ सँगै गरिएको लकडाउनले भाडामा बस्नेको व्यवसाय प्रभावित भएको भन्दै भरतपुरमा रहेको चितवन माध्यामिक विद्यालयले भाडा छुट गरेको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम लामिछानेका अनुसार सटर भाडा लिएकाबाट मासिक भाडा २० लाख उठ्ने गर्दछ। एक महीना १५ दिनको भाडा छुट गरिएको हो। सोही जग्गामा रहेको चितवन मेडिकल कलेजले वार्षिक ५० लाख रूपैयाँ भाडा तिर्ने गर्दछ। त्यस संस्था र मुद्दामा रहेको एक पेट्रोलपम्पबाहेक सटर भाडामा लिएकाको भाडा छुट गर्ने विद्यालय व्यवस्थापन समितिले निर्णय गरेको जनाएको छ।

विद्यालयले सबै भाडामा लगाएको ठाउँबाट वार्षिक तीन करोड हाराहारी भाडा सङ्कलन गर्ने उनको भनाइ छ। विद्यालयका प्राचार्य मुक्तिनाथ लामिछानेले भाडामा बस्नेले कोभिड–१९ का कारण व्यवसाय नभएको भन्दै दिएको निवेदनउपर समितिले सो निर्णय गरेको जानकारी दिए। उनका अनुसार विद्यालयले सङ्कलन गर्ने भाडाबाट निजी स्रोतमा रहेका शिक्षक, शिक्षिका र कर्मचारीको तलबसँगै भौतिक पूर्वाधारमा खर्च गरिने गरेको छ।

यस क्षेत्रमा सरकारीस्तरमा सबैभन्दा बढी भाडा सङ्कलन हुने संस्था चितवन मावि पर्दछ। यसअघि जिल्ला समन्वय समितिले पनि आफ्नो जग्गा एवं भवनमा भाडामा बसेकालाई लकडाउनको समयमा तीन महिनाको भाडा छुट गर्ने जनाएको थियो। रासस

प्रतिक्रिया दिनुहोस्