पर्वत। गत ३१ जेठ राति नौ जनाको ज्यान जाने गरी गएको पहिरो पीडितलाई तमु समाज युकेले आर्थिक सहयोग प्रदान गरेको छ।
कुश्मा नगरपालिका-३ दुर्लुङस्थित काहुलेमा गएको पहिरोबाट दुई परिवारका नौ जनाको ज्यान गएको थियो।
मृतकका परिवार र पहिरोबाट विस्थापित बनेका परिवारलाई तत्काल जीवनयापनमा सहज होस् भन्ने उद्देश्यले तमु समाज युकेले सङ्कलन गरेर पठाएको राहत हिजो, २१ असारमा एक कार्यक्रमका बीच वितरण गरिएको हो।
प्रतिनिधि सभाका सांसद पदम गिरीले पीडितलाई राहत रकम हस्तान्तरण गरेका छन्।
मृतक नौ जनाको परिवारलाई २७ हजार ३०० को दरले दुई लाख ४५ हजार ७०० हस्तान्तरण गरिएको छ। पहिरोमा परी आमा, बाबु, छोरा र छोरी गुमाएका ओमबहादुर थापालाई एक लाख नौ हजार २००, श्रीमती र छोराछोरी गुमाएका विकास थापालाई ८१ हजार ९०० र श्रीमती र छोरा गुमाएका बलबहादुर थापाको परिवारलाई ५४ हजार ६०० हस्तान्तरण गरिएको छ।
पहिरो पीडित भुवन गिरीलाई ५४ हजार ९७२ र अन्य चार परिवारलाई ४० हजार ४०० को दरले राहत प्रदान गरिएको छ। पहिरोका कारण भुवन गिरी, हस्तीदेवी शर्मा, उजेली शर्मा, नन्दीकुमारी गुरुङ र पशुपति सिंजालीको परिवार मगर विस्थापित बनेको छ।
हाल बेलायतमा रहेका तमु समाज युकेका उपाध्यक्ष शिवकुमार गुरुङको संयोजकत्वमा जीवन गुरुङलगायतले उक्त राहत रकम सङ्कलन गरी पठाएको स्थानीय राजन गुरुङले बताए। रासस
" /> पर्वत। गत ३१ जेठ राति नौ जनाको ज्यान जाने गरी गएको पहिरो पीडितलाई तमु समाज युकेले आर्थिक सहयोग प्रदान गरेको छ।कुश्मा नगरपालिका-३ दुर्लुङस्थित काहुलेमा गएको पहिरोबाट दुई परिवारका नौ जनाको ज्यान गएको थियो।

">